कविता

यिनको मिलन सम्झँदा

२६ असार २०८१
Radhadevi Pandey
राधादेवी पाण्डे

काठमा बुटाकाटे मुखुण्डो बन्दछ
चट्ट चिरायो धुरी बलो बन्दछ ।
माटो ढुङ्गा काठले घर त बन्दछ
यिनको सबै देखेर मेरो काम मन्दछ ।।१।।

ढुङ्गालाई मूर्ति बनाएर पुजा हुन्छ
छानोमा छायो भने ओत पनि दिन्छ ।
जगमा राख्यो अनि घर बलियो हुन्छ
तर माटो र ढुङ्गाको मिलन हुन्छ ।।२।।

एककुलो पानीले घट्ट राम्रो चल्दछ
दुईटा दाउराले तेजिलो आगो बल्दछ ।
एकदाना मकैमा त ठुलो घोगा फल्दछ
राम्रो हेरचाह नगरे त्यो बोटै मर्दछ ।।३।।

जाँदा जाँदै त्यहाँ ठुलो चट्टान छ
धाम्म धुम्म बादल पानी पो पर्दछ ।
तर्ककै भरमा त्यसलाई भत्काइन्छ
पृथ्वीबाटै अनेकप्रकारमा प्रकट हुन्छ ।।४।

प्रतिक्रिया दिनुहोस्: