कविता

कस्तो रै’छ जीवन ?

२६ असार २०८१
Radhadevi Pandey
राधादेवी पाण्डे

फुलिरहने फूल मात्रै होइनरै’छ जीवन
ढुङ्गा, माटो जस्तो पनि होइनरै’छ जीवन ।
सधैँ आगो, पानी चाहिने कस्तो रै’छ जीवन
फेरि फूल फुलेर झरेजस्तो रै’छ जीवन ।।१।।

हेर्दा कहिले घाम लागे जस्तो रै’छ जीवन
आकाशमा बादल ढाके जस्तो रै’छ जीवन ।
पानीमाथि ईन्द्रेणी परे जस्तो रै’छ जीवन
असिनाको दाना बिलाइ जस्तो रै’छ जीवन ।।२।।

सुरिलो रूख ढले जस्तो पनि रै’छ जीवन
सुकेको दाउरा बले सरी जस्तो रै’छ जीवन ।
पाकेको फलहरू झरे जस्तो रै’छ जीवन
पग्लिएको नुनसरी जस्तो रै’छ जीवन ।।३।।

यसलाई चिन्नसके अमूल्य रै’छ जीवन
विशिष्ट ऐश्वर्य, विविध शक्ति रै’छ जीवन ।
जतिसुकै व्याख्या गरि सक्नुछै न जीवन
केही दिनको उपहार पनि रै’छ जीवन ।।४।।

प्रतिक्रिया दिनुहोस्: