कविता

निठुरी

२४ भाद्र २०८१
Radhadevi Pandey
राधादेवी पाण्डे

ईश्वर निठुरी छ जस्तो हुन्छ तर
सम्झनामा यादहरू रहन्छ धेर
भगवानको नजर टाढा परेपछी
कुरा काटने बैरी छाडिदिनु पर । १।

श्रीकृष्ण को धेरै थिय द्वापर तिर
अगाडि  जय भन्दै ढाल्नखोजे शिर
दुख मागने कुन्ती मात्रै थिइन एक
ईश्वर सबैले कुरा काटेको पिर । २।

वचनको करौतीले जति रेटे पनि
ईश्वरलाई आत्माले गर्दैन सोधनी
चित्त हुन्छ असन्तुष्ट ज्ञानी कुटस्थ
दुइटा अक्षर कोरिदिय जानी नजानी। ३।

प्रतिक्रिया दिनुहोस्: