नेकपा (एमाले) काठमाडौं क्षेत्र नं. ६ ले गर्‍यो शुभकामनाको कार्यक्रम

१३ आश्विन २०८१

काठमाडौं, असोज १२ गते शनिबार । नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ६, काठमाडौंले नेपालीहरूको २०८१ सालको महान् चाडपर्वहरू विजयादशमी, शुभदीपावली, छठ र नेपाल सम्वत् ११४५ को सुखद् उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्‍यो ।

नेकपा (एमाले) केन्द्रीय पोलिट ब्युरो सदस्य एवं काठमाडौं जिल्ला कमिटी इञ्चार्ज आनन्द पोख्रेलको प्रमुख आतिथ्य र निर्वाचन क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ६, काठमाडौंका संयोजक तिलकबहादुर सुनुवारको सभापतित्वमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य नारायण सिलवाल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका पूर्व मेयर रामेश्वर बोहोरालगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख अतिथि पोख्रेल र सभापति सुनुवारले पार्टीका विविध गतिविधि र मिसन ८४ को लागि पार्टीका आम कार्यकर्ताले ध्यान दिनुपर्ने कुराका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँहरूले हामी दृढताका साथ एक भएर लाग्यौँ भने आगामी स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनहरूमा अत्यधिक बहुमतका साथ नेकपा (एमाले) को जित सुनिश्चित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: