राधा राजवंशीको घरमा कविता !

७ कार्तिक २०८१

काठमाडौं, शङ्खमूल, कात्तिक ७ गते बुधबार । साहित्यकार राधादेवी राजवंशीको निमन्त्रणामा उहाँकै घरमा साहित्यिक जमघट तथा कविता कार्यक्रमको आयोजना गरियो ।

साहित्य तथा संस्कृति विचार मन्चको आयोजनामा राधादेवी राजवंशीको सभापतित्व र विद्वत रत्न प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्यमा भएको साहित्यिक कार्यक्रममा विशिष्ट अतिथि डा.शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियो भने अन्य अतिथिहरूमा कवि टंकबहादुर बजगाई खत्री, साहित्यकार रत्नप्रसाद अनामणि श्रेस्ठ, पत्रकार उमेश पाण्डे, कवि तारा के.सी., मुक्तककार ज्ञान्दारी कैनी, पत्रकार यशोदा अधिकारी, साहित्य अनुरागी सत्यलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यिक जमघटको आवश्यकता र महत्वका बारेमा चर्चा गरिनुका साथै गीत, कविता, मुक्तक वाचन गरिएका र आआफ्ना अनुभवहरू सुनाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्: