२०८१ पुस २५ बिहीवार । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४४ औँ स्वतन्त्र एवं १४१ औँ लेखनाथ जयन्ती विशेष काव्यगोष्ठीको अध्यक्ष जगदीशश्वर पोखरेलले अध्यक्षता गर्नुभयो । प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि कलानिधि दाहाल, गङ्गा लिगल, र जनार्दन अधिकारी धड्कनको गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य,भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द तथा चारु रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए । कवि शिरोमणि लेखनाथका सिर्जना पनि वाचन गरिएको थियो ।
यस अवसरमा रचना वाचन गर्ने कविहरूमा पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, डा. देवी पन्थी, गङ्गा लिगल, जनार्दन अधिकारी धड्कन, जगदीश्वर पोखरेल, दुर्गाप्रसाद सिग्देल, सुशीलकुमार रिजाल, शारदा कार्की, लक्ष्मीप्रसाद मिश्र, विष्णुप्रसाद पौडेल, उत्तम भेटुवाल, ललिता दोषी खरेल र उर्मिला पन्त पाण्डेय रहनुभएको थियो ।
विशिष्ट अतिथि कला निधि दाहालले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट समीक्षा गर्नुभएको थियो । कविगोष्ठीको संयोजन र सञ्चालन जगदीश्वर पोखरेलले गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले स्वागत गर्नुभएको थियो । वाचन गरेका सबै रचना कवि शिरोमणिमा समर्पण गरिको थियो ।


प्रतिक्रिया दिनुहोस्: