को मूर्ख भन्नी विद्वान् को हो ?
पहिचान गर्न अति नै कठिन भो !
कालीदास मूर्खभन्दा सबैले
जताततै नाम उनकै त चल्यो । १ ।
रूप, रङ्ग हेर्यो फरक भएन
विद्वान्ले ज्ञान सकून् फैलाउन
कुख्यात घाती कोही नहोस्
विज्ञ बनून् यहाँ दिएर ज्ञान । २ ।
पढेर विद्वान् प्रमाण–पत्र हातमा
क्रोधित घमण्ड छ भने त साथमा
कसोगरी विद्वान् भन्छ र चित्त
उसको मूर्खपन रह्यों त्यसैमा । ३ ।
किताब लियो ज्ञान नै लिएन
त्यसमा ध्यान राम्रो दिँदैदिएन
चिन्ने प्रयास आत्मादेखि गरौँ
चिन्तन, मनन् अब नगरी भएन । ४ ।
टोखा–९, गोँगबुँ गणेशस्थान, काठमाडौं
प्रतिक्रिया दिनुहोस्: