काठमाडौँ, २०८१ पुस २७ गते शनिबार । नेपाल रेडक्रस सोसाइटी, विष्णुमती उपशाखा, काठमाडौंको २१ औँ उपशाखा सभा सम्पन्न भएको छ ।
टोखा नगरपालिका, वडा नं. १, झोरको बौँडेश्वर मा.वि. मा भएको साधारण सभाको सभापतित्त्व विष्णुमती उपशाखाका सभापति निरञ्जन सेढाईले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा टोखा न.पा.–१, झोरका वडा अध्यक्ष रमेश कुमार लामिछाने रहनुभएको थियो । सभाको विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला कार्यसमिति काठमाडौंका सभापति श्याम डोटेल रहनुभएको थियो ।
सभामा आफ्नो विचार राख्दै प्रमुख अतिथि वडा अध्यक्ष लामिछानेले विपद्को बेलामा जनताको घरदैलोमा पुग्ने समाजिक सेवा कार्यमा समर्पित रेडक्रसको हरेक कार्यमा सहयोग गर्न टोखा नगरपालिका त्यसमा पनि यो वडा नं. १ सधैं तत्पर रहेको कुरा बताउँदै आगामी दिनमा यसको भवनलगायत अन्य पूर्वाधार विकासमा नगरपालिकाको कार्यपालिका बैठमा जोडदार रूपमा कुरा उठाउँछु, भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेरेसो जिल्ला कार्यसमिति काठमाडौंका सभापति डोटेलले रेडक्रसको समग्र देशको अवस्था, हाल भइरहेका घटनाक्रम र काठमाडौं जिल्ला कार्यसमितिले गरिरहेका काम र प्रयासका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका सभापति सेढाईले विष्णुमती उपशाखा, काठमाडौंले यस आर्थिक वर्षमा गरेका गतिविधि र यस शाखाले विगतदेखि भोग्नुपरिरहेका समस्याहरूका बारेमा सभालाई जानकारी गराउनुभएको थियो ।
२१ औँ उपशाखा सभामा समशेर बहादुर गाइजू, जे.पी. नेपाल, बौँडेश्वर मा. वि., झोरका प्रधानाध्यापक घनश्याम खतिवडाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य साहित्यकार तारा के.सी.ले स्वागत मन्तव्य र उपशाखाकी उपसभापति ज्ञानु पौडेलले उपस्थित अतिथिहरूमा धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
त्यस अवसरमा २१ औँ उपशाखा सभाले सचिव नवराज काफ्लेले प्रस्तुत गर्नुभएको आ.व.२०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको आ.व.२०८०/०८१ को आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्: