वेद विद्याश्रम गुरुकुललाई शैक्षिकसामग्री प्रदान

५ माघ २०८१

नुवाकोट, (त्रिवेणीधाम) २०८१ माघ ४ गते शुक्रबार । शिवपुरी–८, थानापति, नुवाकोटका पाण्डे परिवार (बिनोद, मेनुका र विपनासमेत) ले श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुल, शिवपुरी–६, त्रिवेणीधाम, नुवाकोटका विद्यार्थीहरूलाई कापी, कलमल, डटपेन, रिफिलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । उक्त शैक्षिकसमाग्री गुरुकुलका प्राचार्य अभिषेकको समुपस्थितिमा गुरु नवीन मैनालीलाई बिनोद पाण्डेले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिकसामग्री ग्रहण गर्दै गुरु नवीनले चन्दा, दानबाट सञ्चालित यस वेद विद्याश्रम गुरुकुललाई आज प्रदान गरिएको शैक्षिकसामग्रीले विद्यार्थीहरूको पठनपाठनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले हजुरहरू जस्तै मनकारी सज्जन दाताहरूबाट निरन्तर यस्ता सहयोगहरूको आशा र अपेक्षा पनि गर्दछौँ, भन्नुभयो ।

त्यस अवसरमा शैक्षिकसामग्री अर्पण गर्दै बिनोद पाण्डेले यस्ता पवित्र शैक्षिक संस्थालाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको छ, भन्नुहुँदै यस गुरुकुलले आफ्नो संस्कृत भाषा, साहित्य र धर्मलाई बचाउँदै जानेछ भन्ने कुरामा आफूले विश्वास लिएको र यस्ता सहयोगलाई निरन्तरता दिँदै जाने पनि बताउनुभयो ।

यसै वर्ष (२०८१) बाट कक्षा ६ देखि सञ्चालन गरिएको श्रीकृष्ण तीर्थस्थल वेद विद्याश्रम गुरुकुलमा हाल ११ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले अनिवार्य विषयहरू गणित, नेपाली र अङ्ग्रेजीको साथै कर्मकाण्ड, संस्कृत व्याकरण र शुक्लयजुर्वेदको अतिरिक्त गीता, श्रीमद्भागवत महापुराणलगायतका विषयहरू पढाउँदै आएको कुरा गुरु नवीनले जानकारी गराउनुभएको थियो ।

अर्जुनप्रसाद गुणी अध्यक्ष रहेको सञ्चालक समितिको रेखदेख र व्यवस्थापनमा शिवपुरी र पञ्चकन्या गाउँपालिकाको मुख्य आर्थिक सहयोगको साथै दान, चन्दाबाट विद्यालय सञ्चालन हुँदै आएको र हाल विद्यालयमा आचार्य अभिषेक, गुरु नवीन मैनाली, गुरु प्रशान्त घिमिरे र व्यवस्थापक लोकेश आचार्यलगायतको समूहले काम गर्दै आएको पनि नवीन गुरुले जानकारी गराउनुभएको थियो ।

हस्तान्तरण समारोहमा साहित्यकार/पत्रकार उमेश पाण्डे, मेनुका पाण्डे, विपना पाण्डे, वासुदेव पाण्डे, शारदा थपलिया, जनक राउतलगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा गङ्गा स्नानको साथै त्रिवेणीधाममा रहेको राधाकृष्ण मन्दिर, चौसष्ठी शिवलिङ्ग आदिको दर्शन तथा परिक्रमा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: