कविता

गाउँ

८ माघ २०८१
पार्वती पुडासैनी

तिमीलाई देखें मैले
पर पर क्षितिज चुमेर बसेकी
ग्वाम्लाङ्ग सिरक ओढेझैं
चुमिरहेथे तिमीलाई चुचुराहरुले
सूर्यको किरणसंगै चम्केकी थियौ तिमी
ओड्न त मैले पनि ओडेकी थिएँ
लालुपाते झैं रंगिन पछ्यौरी
खै किन हो किन, म भने
बादल ओडेर बसेकी
तिमी झैँ
सुन्दरी बनेर खुल्नै सकिन ।

२०८१ पुस १६
सुइरेचौर,  नुवाकोट।

प्रतिक्रिया दिनुहोस्: