सरस्वती माता विद्या दायिनी
श्वेत वस्त्र अति सुन्दर धारिणी
विणा बजाई भक्त रमाइ
हंश बाहिनी माता।
वसन्त ऋतुमा सुवास दिन्छ्यौ
भक्त्तहरू बीच विद्या छर्छ्यौ
गर्छौ प्रणाम विद्या दायिनी
जाग सबबीच चेत दायिनी।
आमा तिमी विन जग अँधेरो
झार्छौ ज्ञानको अटुट पंधेरो
भोग लगाइ फलफूल पेडा
धूप दीप वस्त्र अनि नैवेद्धे।
भाइबैनी सकल समस्त
एक चित्त भैकन अति मस्त
कलम कापी पुस्तक च्यापी
विद्यारम्भ गर्दछन् रमाइ।
कर जोरी माता भक्ति गर्छु
अन्जान मूर्ख म भक्त तिम्रो
पढ्न सिकाऊ ज्ञान बढाऊ
तिमी विन छैन केही उज्यालो ।
प्रतिक्रिया दिनुहोस्: