२०८१ माघ १९ गते शनिबार। अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४४ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र तथा शहीद विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल र विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्यकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, चारु, स्वच्छन्द, छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । सिर्जना देश भक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका तथा लेखनाथमा समर्पित रचना वाचन गरेका थिए । अधिकांश रचना शहीदका बारेमा रचना गरिएका थिए ।शहीदकै बलिदानीले नेपाली स्वतन्त्रभएका हौँ ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू दुर्गाप्रसाद सिग्देल, भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, गङ्गा लिगल, लक्ष्मीप्रसाद मिश्र, द्वारिका कुइँकेल, हरिप्रसाद घिमिरे, हरिप्रसाद चौलागाईं, सुशीलकुमार रिजाल, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, बिनुबाबा घिमिरे, सुरेशचन्द्र घिमिरे र टेकबहादुर लौडारी हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु हुँदै शहीदले गरेको योगदानको चर्चा गर्नुभयो ।
विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले वाचित कविताको समीक्षा गर्नुभएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको बारेमा मन्तव्य राख्नुभयो र स्वागत गर्नुभयो । कविगोष्ठीको संयोजन गर्नुभएको थियो ।
सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । कविता टेडो हुनु पर्दछ । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनुपर्छ भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: