किन डराउँछौ तिमी ?
अभीषा ढुङ्गाना
कक्षा : ९
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
जब रात पर्छ त किन डराउँछौ तिमी ?
एक्लै हिँड्न किन सक्दैनौ तिमी ?
यो सुनसान रातमा हौ तिमी उज्यालोको कण
अरूसँग लड्दै तिमी शक्तिशाली र बलियो बन ।
आफ्नै घरमा पनि किन डराउँछौ तिमी ?
कोहीसँग पनि किन सुरक्षित महसुस गर्दैनौ तिमी ?
सबैले तिमीलाई दोषी भने पनि तिमी नै हौ देवी
जति होच्याउन खोजे पनि नझुक्ने तिमी हौ पवित्र खानी ।
आफ्नो सपना पूरा गर्न किन डराउँछौ तिमी ?
जेलको कैदी जस्तो किन महसुस गर्छौ तिमी ?
तिम्रा महान् सोचको कसैले दिँदैनन् मूल्य
तर तिमीविना ती सबैको जीवन छ शून्य ।
आफ्नो विचार राख्न किन डराउँछौ तिमी ?
आफ्नो मनका विचार किन व्यक्त गर्दैनौ तिमी ?
अब असल धारणा र महान् सोच लिई तिमी राम्रो बन
साहस र ठूलो सङ्कल्प लिई तिमी सगरमाथा चढ ।
दाइजो नदिए जीवनसाथीबाट अपमान भोग्नुपर्ने
जति पढे पनि घरमै थचिएर बस्नुपर्ने
यही नारीले जन्माउनुपर्ने
अनि उसैले सहनु नि पर्ने ।
अब उज्यालो ल्याउँछौं हामी डराउनु पर्दैन तिमी
एक्लै भए पनि सुरक्षित घर पुग्छौ तिमी
प्रहरीले साथ नदिए पनि हामी सधैं तिम्रा साथमा छौँ
अपराधीले सजाय नपाएसम्म हामी कहिले चुप लागेर बस्ने छैनौँ ।
तिमी को हौ ?
सुमिनेशानन्द पाण्डे
कक्षा : ९
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
तिमी तन्त्रमन्त्र तिमी वेद बोली
तिमी ब्रह्मज्ञान म बोलुँ कसोरी !
म पुज्छु तिमीलाई म बुझ्छु तिमीलाई
तिमी स्वयं हौ त भगवान् भोलि ।
तिम्रो महिमाको वाक्यै अकाट्य
तिम्रो अगाडि म के हुँ र साध्य
तिमी चन्द्र सूर्य तिमी बेदना हौ
तिम्रो शरणमा परे आज बाध्य ।
शहीद
परिधि पाण्डे
कक्षा : ६
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
नेपालको माटो नेपाली जन्मभूमि
रगतले लत्पतिएको शहीदको भूमि ।
स्वतन्त्रता ल्याउन लडे ती वीर
कम्मर कसे देशका लागि उच्च भो शिर ॥
परिवारको माया बिर्सेर
देशलाई राखी आफूभन्दा माथि ।
बलिदान दिए वीर सपुतले
रहेनन् उनी तर सम्झनामा साँची ॥
अब आयो हाम्रो दिन लिने जिम्मेवारी
शहीदको सपना पूरा गरौँ न भरौं भकारी ।
सत्य, इमान र न्यायका लागि
एकतामा मिली अघि बढौँ ।
हातमा हात मिलाई काँधमा काँध मिलाई
विकासका खुड्किलाहरू सबै मिली चढौँ ।
मिलेर लडौँ मिलेर चढौँ नेपाली मायामा
देशको शान, मान बढाऊँ है बस्तै छायाँमा ।
मेरो देश
निर्भिकराज सापकोटा
कक्षा : ७
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
उच्च स्थानमा विश्वलाई चकित पारी
भेदभाव हुन्न पुरुष वा नारी
महिलाले लगाउने कुर्ता र सारी
नेपाललाई बनाउने संस्कृतिको बारी ॥
यता पनि उता पनि नेपाली आफ्नै धर्ममा
विश्वास गर्छन् नेपालीहरू आफ्नै कर्ममा ।
सद्भावका भावना छन् ऐँचोपैँचो र अर्मपर्ममा
नेपालीहरू सधैं आफ्नो देश नेपालको गर्भमा ॥
साहित्यको तीव्र विकास साथ
खाने नै हो दाल र भात ।
मृत्यु संस्कारमा गइन्छ घाट
सहयोग गरिन्छ जे भए पनि रात ॥
दिदी मेरो साथी
श्रीजा पाण्डे
कक्षा : यूकेजी
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
म आमालाई माया गर्छु
बाबालाई नि माया गर्छु ।
दिदी मेरो साथी जस्तै दिदीसँग खेल्छु
बिदा हुँदा दिदीसँगै मामाघर कुँद्छु ।
आमाबाबा माया गर्ने, दिदीले गर्ने
सबै जना माया गर्दा म त मख्ख पर्छु ।
आमाले स्कुल लाने, बाबा लिन जाने
घर आई हात धोई मिठो खाजा खाने ।
टोखा – ८, बानियाँटार, गोंगबुँ, काठमाडौ।
प्रतिक्रिया दिनुहोस्: