आमाको हातमा दिने गर्छु मेरो कमाइ
आमासँगै बस्ने गर्छु हाँसी खुसी रमाइ ।१।
गाउँघर सुनसान देख्दा मेरो मन खिन्न लाग्छ
शहरको महंगीले गर्दा गाउँका मानिस भाग्छ ।२।
मेरो मनको पीडा कसले बुझ्ने होला
बजार जाँदा रित्तै भएको हुन्छ झोला ।३।
उनले छोडी गएको त्यति बेला
सासूले गरिछिन् उनलाई हेला ।४।
तिमी चुप लागि बस्छौ मैले के पो गर्ने
माया गर्छु भन्दा भन्दै भयो बेला मर्ने ।५।
बूढानीलकण्ठ–४,
पासिकोट, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: