गजलकार जुमन किरणको मौन आवाजमाथि परिचर्चा

२९ माघ २०८१

ललितपुर । गजलकार जुमन किरणको गजलकृति ‘मौन आवाज’माथि परिचर्चा गरियो। वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जुमन किरणकृत मौन आवाजका विभिन्न गजलहरू पनि वाचन गरिएको थियो ।

समीक्षक प्रा.डा.नारायण गैरेले ‘काफियाहरू पुनरावृत्ति भएका छैनन् । विषयगत विविधताका सन्दर्भहरू जोडिएर गजल आएका देखिन्छन् । भोगाइ,अनुभव र अनभूतिहरू गजलमा आएका छन् । लय र छपाइगत त्रुटी केही रहेका’ भन्दै शब्दभण्डार बलियो भएकी मुक्तककारको रूपमा किरणको चर्चा गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपाली, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, प्राज्ञ सभा सदस्य पञ्चकुमारी परियार,वरिष्ठ कथाकार धुव्र मधुकर्मी लगायतको उपस्थिति रहेको थियो ।

श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गजलकार जुमन किरणले धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा विनोद खत्री आकाशले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्: