
काठमाडौं, फागुन ३ गते शनिबार । दीपज्योति आ.मा.वि., टोखा नगरपालिका वडा नं. ९, गोंगबुँले टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङको प्रमुख आतिथ्यमा ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण एवं विविध सांस्कृतिक आर्यक्रमको आयोजना गरेको छ । संस्थापक प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रनरसिंह अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा डा.तीर्थराज लुइँटेल, सामुदायिक सेवा समिति, गोंगबुँका अध्यक्ष केदारनाथ पाठक, टोखा नगरपालिका वडा नं. ९, गोंगबुँका सदस्य जगत्माया महर्जन र देवीमाया आचार्य, टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार के.सी., पारामाउण्ट एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डे, एन्प्याब्सनका अध्यक्ष वलराम भट्ट, के.सी.कोल्ड स्टोरका प्रोप्राइटर रमेश के.सी., शाकम्भरी सहकारीका अध्यक्ष वलराम कँडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीपबहादुर अधिकारी, दीपज्योति स्कुलका पूर्व सहप्रिन्सिपल इमबहादुर अमगाई, अभिभावक काजिराम आचार्य, पूर्व विद्यार्थी श्रीकृष्ण रिजाल, छात्रा पुष्पा आचार्य (कक्षा : १०) लगायत अतिथिको रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, अतिथिलगायतले विगत ३७ वर्षदेखि दीपज्योति स्कुलले यस क्षेत्रमा पुर्याएको शैक्षिक योगदान, देशको वर्तमान शैक्षिक अवस्था, स्थानीय सरकारले खेल्नुपर्ने भूमिका र विद्यालयहरूको दायित्व आदिका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।

विद्यालयकी प्रिन्सिपल विमला अधिकारी कुँवरले विद्यालयले विद्यार्थीहरूलाई कोरा किताबी र सैद्धान्तिक ज्ञान मात्र नदिएर व्यवहारिक र प्राविधिक ज्ञान पनि दिँदै आएको बताउँदै उनीहरूलाई खेलकुद, नृत्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला र ज्ञानविज्ञान आदिमा सिकाइ र अभ्यास सँगसँगै गराउँदै आएका छौँ, भन्नुभयो । उहाँले हामीले मुखले भन्नुभन्दा हाम्रा विद्यार्थीहरूले प्राप्त गरेका शिल्ड, मेडल र प्रमाणपत्रले नै हामीले के गरिरहेका छौँ भन्ने देखाउने बताउनुभयो । प्रिन्सिपल अधिकारीले विद्यालय आफ्ना द्यार्थीहरूलाई हरतरहले सक्षम र योग्य बनाउन लागिरहने पनि बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले गीत, सङ्गीत, खेलकुद, नृत्य, कविता, भाषण, फेशन शो, विज्ञान प्रदर्शनी आदि विविध प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: