
२०८१ फागुन ११, काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको हो ।
हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिनुभएको थियो । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिनुभएको छ । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।
गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, निर्देशक एवं नायिका दीपाश्री निरौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार गीतकार राजेन्द्र थापा,स्रष्टा बान्तु, सम्पादक कृष्ण भुसालले गीतसंगीत तथा साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा प्रकाश पार्दै कवि बान्तुका कविता पनि वाचन गर्नुभएको थियो ।
गीतकार एवं कुशल प्रस्तोता नरेश भट्टराईले सहजीकरण गर्नुभएको थियो । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् ।
प्रतिक्रिया दिनुहोस्: