ज्योति साहित्य प्रतिष्ठानको २१४औँ सृङ्खलामा रन्जना निरौला सम्मानित

११ फाल्गुन २०८१

काठमाडौं, फागुन १०। वसन्तको आगमनसँगै चिसो सिरेटोलाई पन्छाउँदै ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा २१४औँ साहित्यिक सृङ्खला काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि विश्वकवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले उक्त २१४औँ सृङ्खलामा ज्योति स्रष्टा सम्मान रञ्जना निरौलालाई अर्पण गर्नुभयो। विश्व कवि दिवसले ज्योतिसाहित्यको कार्यक्रममा म नियमितजस्तै उपस्थित हुने गरेको छुँ। बिनाकुनै सरकारी वा  संस्थागत सहयोगमा नियमित रुपमा साहित्यिक कार्यक्रम गरेर नयाँ र पुराना साहित्यकारका रचना सुन्ने सुनाउने अवसर दिने यस प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सक्रियता लोभलाग्दो मात्र होईन अनुकरणीय समेत छ, भन्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिहरू शिखर कवि शैलेन्द्र साकार, प्रा. डा. गार्गी शर्मा, ज्ञान उदास, नरेन्द्रबहादुर श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, प्रेम राई परिक्षित, बुद्धिमान महर्जन,रमा ओली लगायतले अध्यक्ष मणिराज सिंहले शारिरीक अस्वस्थताका बावजुद सकृय रुपमा गतिलो कार्यक्रम गरी साहित्य अनुरागीहरूलाई प्रोत्साहन गरिरहेकोमा खुसी व्यक्त गर्दै आआफ्ना कविता वाचन गरें।

सो अवसरमा नेपाली सरोकार मासिक पत्रिकाको “साहित्यकार विशेष अङ्क” को लोकार्पण प्रमुख अतिथि प्रा तुलसी दिवसले गरे ।

कार्यक्रममा उपस्थित साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूले आफ्ना सृजनाहरू वाचन गर्दै साहित्यिक यात्रालाई निरन्तरता दिए। कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूको उत्साहले माहोल सजीव बनाएको थियो।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले हरेक महिनाको दोस्रो शनिबार १बजे यस प्रकारका साहित्यिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आगामी २१५औँ कार्यक्रम विश्व कविता दिवस( मार्च २१) को अवसरमा चैत्र ९ गते शनिबार (मार्च २२ ) मा “विश्व कविता दिवस विशेष” सम्पन्न गरिने जानकारी दिएर उपस्थित सम्पूर्ण अतिथि र साहित्यकारहरूप्रति ज्योति साहित्य प्रतिष्ठानको तर्फबाटआभार व्यक्त गरे। उनले ज्योति साहित्यको अबदेखिको कार्यक्रम abiral sahitya yatra अविरल साहित्य यात्रा You Yube chanel बाट नियमितरूपमा कार्यक्रम सम्पन्न भएकै दिन साँझदेखि प्रशारण हुने कुरा पनि जानकारी दिनुभयो ।

उक्त अवसरमा उमेश पाण्डे, जनार्दन अधिकारी धड्कन , रूद्र अधिकारी, लोकमान मास्के, दिनेशविक्रम थापा, एल पी पराजुली, योगाज राजन, प्रमोद सारङ्ग, जानुका थापा, अमर अधिकारी, सन्ध्या जोशी, जी केयन खरेडी, सुमन राज्य लक्ष्मी राणा, रमाकुमारी वली, घननारायण श्रेष्ठ, बेटी बज्राचार्य लगायत उपस्थित स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: