डालोमा “मुक्तक मुहिम” को परिचर्चा

२९ फाल्गुन २०८१

२०८१ फागुन २८, काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा ‘मुक्तम मुहिम’ बारे परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशनमा प्रकाशित २२६ जना स्रष्टाहरुका मुक्तकहरु “मुक्तक मुहिम”मा समावेश गरिएका छन् ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभाप्तित्वमा सपन्न सो कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रुपमा “मुक्तक मुहिम” आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरुले जोड दिएका थिए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, ले ‘मुक्तम मुहिम’ बारे चर्चा गर्दै दुई संस्थाको सहकार्यमा उपलब्धिमूलक कार्य भएको बताउनु भयो । साथै उहाँले भन्नुभयो -“पोखरा घोषणापत्र २०७०” बाट मुक्तक नियमबद्ध भएको छ । त्यसले मुक्तकको सैद्धान्तिक बहसलाई केही हदसम्म व्यवस्थापन गरेको छ । अब अभियान एउटै भएकोले मुक्तकसँग सम्बन्धित संस्थाहरु धेरै हुनु जरुरी छैन् ।

यसैगरी नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले हामीले दुई संस्थाको पहलमा मुक्तकमा कहिले पनि कलम नचलाएका र पहिले लेखेर हाल मुक्तक लेख्न छोडेकाहरुसहित मुक्तकमा जमेका स्रष्टाहरु समेतलाई लेखनमा सहभागी गराउन सक्यौं भन्नुभयो ।

अध्यक्ष कोनेले हामीले गाह्रो काममा हात हालेका छौं तर सफल भएका छौं भन्दै नेपाल स्रष्टा समाजसँगकोे सहकार्यमा नेपाली निबन्धका चर्चित व्यक्ति उमेरले ९४ पुगेका तेजेश्वर बाबु ग्वँगसमेतलाई मुक्तक लेखाउनु हाम्रो सफलता हो, उहाँजस्तै कहिल्यै मुक्तक विधामा कलम नचलाउनेहरुलाई पनि हामीले लेखाएका छौं, यसकार्यले हामी हौसिएका पनि छौं, भन्ने बताउनुभयो।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत गर्नु भएको सो कार्यक्रममा नेपाल स्रष्टा समाजका पूर्व अध्यक्षहरु पवन आलोक र विधान आचार्य, सुनिल अधिकारी, मदन नेपाल, शितल कादम्बिनी, विष्णुबहादुर सिंह, प्रदीप सापकोटा, तुलसीहरी कोइराला, प्रघुम्न जोशी, निशा केसी, प्रतिक घिमिरे, रुपा रिसाल, राजेन्द्र घिमिरे, बादल घिमिरे, निर्मल पराजुली लगायत सबैले आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: