मैथिल ब्राम्हण महासभाद्वारा श्रीमद्भागवत पुराणको आयोजना

५ चैत्र २०८१

विराटनगर, ३ चैत्र । मैथिल ब्राम्हण महासभाद्वारा श्रीमद्भागवत पुराणको आयोजना गरिएको छ । माननीय प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा विराटनगरस्थित सिटी प्यालेसमा आयोजित सातदिने  उक्त श्रीमद्भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको हो।

महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उहाँले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखले बताउनुभयो ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महासभा, महिला समिति तथा युवा समिति रहेका छन् ।
कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिहरू उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: