शाहलाई आदर्श गुरु सम्मान

६ चैत्र २०८१

काठमाडौं, चैत्र २ गते । कलाकार शशिविक्रम शाहलाई भीमदर्शन रोका आदर्श गुरु सम्मान पुरस्कार प्रदान गरिएको छ । भीम दर्शन रोका स्मृतिकोषद्वारा कलाकार शाहलाई भीमदर्शन रोका आदर्श गुरु सम्मान पुरस्कार प्रदान गरिएको हो । सिद्धार्थ वनस्थली–२०४० को संयोजनमा स्मृतिकोषद्वारा आयोजित कार्यक्रममा साहरा ज्येष्ठ नागरिक समाज, पनौती खोपासीलाई भीमदर्शन रोका समाज सेवा सम्मान पनि प्रदान गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा पढाउनुहुने गुरु भीमदर्शन रोकाको स्मृतिमा सो इन्स्टिच्युटका विसं. २०४० सालमा एसएलसी दिएका विद्यार्थीद्वारा ‘भीमदर्शन रोका स्मृतिकोष’ को स्थापना गरेर समाज सेवा र आदर्श गुरुका रूपमा काम गरिरहनुभएका व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ ।

साहित्यिक पत्रकार रोचक घिमिरेले सादा जीवन र उच्च विचारका धनी गुरु र नेपालमा मुक्तक विधा भित्रयाउने भीम दर्शनका असल विद्यार्थीले आफ्ना गुरुको सम्झनामा बनाएको स्मृतिकोषले कलाकार शाह र साहरा ज्येष्ठ नागरिक समाजलाई सम्मान गर्नु सहरानीय काम भएको बताउनुभयो ।

सम्मानित व्यक्तित्व कलाकार शशिविक्रम शाहले ८४ वर्षको उमेरमा पनि आदर्श गुरुको सम्झनामा स्थापना भएको पुरस्कार पाउँदा आफूमा जोश, जाँगर थपिएको बताउनुभयो । समाजमा हाल ३६० जना ज्येष्ठ नागरिक सङ्गठित भएको, स्वास्थ्य शिविर, नजिकका तीर्थको भ्रमण, भजनकीर्तन, व्यायाम, प्रवचनलगायतका गतिविधिमार्फत ज्येष्ठ नागरिकका दिनचर्यालाई सहज बनाउने काम गर्दै आएको छ ।

मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले नेपाली साहित्यमा मुक्तक विधालाई प्रवेश गराउनुहुने भीमदर्शन रोकाको नाममा मुक्तक समाजले पनि पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यकार अरुण नदी खत्री, माधव घिमिरे अटल, डा.भरत भट्टराई, पवन आलोक, शंकर भारती, विमल भौकाजी, विनोद नेपाल, प्रमोद स्नेही, सानुराजा श्रेष्ठ अन्जान, कृष्णदेव रिमाल, प्रा.डा.गार्गी शर्मा लगायत विभिन्न व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्: