
नुवाकोट (तलाखु), चैत्र ९ गते शनिबार । विश्व कविता दिवसको उपलक्ष्यमा ईसंसाक डट कमको आयोजनामा
नुवाकोटको शिवपुरी–१, तलाखु सापानी, सिन्धुपाल्चोकको मेलम्ची–३ र काठमाडौंको कागेश्वरी मनोहरा–१ को धाप ड्याममा कविता वाचन र साहित्यिक विमर्श गरियो ।
विद्वत्रत्न प्रा.डा. गार्गी शर्माको प्रमुख आतिथ्य र सिर्जनाका टाकुरा डा.दामोदर पुडासैनी किशोरको सभापतित्वमा वाचन र विमर्शको कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा साहित्यकार डा.भागवत आचार्यको विशिष्ट अतिथिको रूपमा सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व कविताको औचित्य, नेपालको अवस्था र नेपाली कविताको स्तरका बारेमा विद्वत्रत्न डा.शर्मा, डा.पुडासैनी र डा.आचार्यले विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । साहित्यकार तारा के सी.ले अतिथि तथा सहभागीहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो भने कवि उत्तम विचार भेटुवालले उपस्थितहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजिकरण पत्रकार उमेश पाण्डेले गर्नुभएको थियो ।
सो अवसरमा कविहरू विद्वत्रत्न प्रा.डा.गार्गी शर्मा, डा.दामोदर पुडासैनी किशोर, डा.भागवत आचार्य, पत्रकार उमेश पाण्डे, कवि/साहित्यकार तारा के सी, कवि पार्वती पुडासैनी, कवि उत्तम विचार भेटुवाल, कवि विपना पाण्डे आदिले समसामयिक विषय/सन्दर्भका विविध कविताहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा उमा थपलिया, बिनोद पाण्डे, मेनुका पाण्डे, रघुनाथ के.सी., रञ्जु के.सी., राम के.सी., लीला खड्का, विकास श्रेष्ठ, रामचन्द्र पाठक, मच्छिन्द्र के.सी.लगायतको सहभागिता रहेको थियो ।
चिसापानी, धाप ड्यामको साहित्यिक कार्यक्रम पश्चात् त्यस वरपरको ऐतिहासिक तथा प्राकृतिक स्थलहरूको अवलोकन भ्रमण र हिमाली सौन्दर्यको दृश्यावलोकन पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: