सुरभिको १७१ औँ आख्यान वाचन कार्यक्रम

१७ चैत्र २०८१

काठमाडौँ, २०८१ चैत १६ । सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यानवाचनको १७१ औँ शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा वरिष्ठ बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेको स्वागत मन्तव्य र सहसचिव मेनका पोखरेल आचार्यको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शारदा पराजुली, वसन्त रिजाल, परशुराम पराशर, प्रमोद प्याकुरेल, शान्ति रिसाल, सुशील आचार्य, ऋचा, सरिता दुलाल घिमिरे, दिवाकर न्यौपाने र गङ्गा पौडेल कर्माचायलगायत दश जना स्रष्टाले कथा, लघुकथा वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि गङ्गा पौडेल कर्मचार्यले आफू यहीँका कार्यक्रमहरूमा कथावाचन गरेर कथा लेख्न सक्षम भएको कुरा सुनाउनु हुँदै सुरभि साहित्य प्रतिष्ठानले नियमित कथावाचन गराएर धेरैलाई कथाकार बनाएको कुरा बताउनुभयो । कार्यक्रमका अतिथि विनोद दाहाल वत्सले सुरभि यस क्षेत्रको प्रशंसा गर्न योग्य साहित्यिक संस्था भएको कुरा बताउँदै आख्यान वाचनमा निरन्तरता दिएर यसले रेकर्ड कायम गरेको यथार्थ हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: