पारामाउण्टमा शैक्षिक मेला तथा प्रदर्शनी

२४ फाल्गुन २०८१

काठमाडौं, फागुन २३ गते शुक्रबार । पारामाउण्ट एकेडेमी/पीए कलेजले टोखा नगरपालिका वडा नं.८ र इन्स्पाएर एजुकेशनसँगको सहकार्यमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्य र टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्रीको सभापतित्त्वमा दोस्रो शैक्षिक मेला तथा प्रदर्शनीको आयोजना गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले यस्ता शैक्षिक मेला तथा प्रदर्शनीले बालबालिकाहरूलाई नयाँ ज्ञान दिने कुरा बताउँदै गरिबीबाट मुक्तहुने प्रमुख उपाय भनेको ज्ञान र सिप हो, भन्नुभयो । ‘ज्ञान मानिसको आभूषण हो, ज्ञानविनाको मानिस अन्धोसरह हुन्छ’, मेयर अधिकारीले भन्नुभयो, ‘ज्ञानविना मानिसले जीवनको गहीराई बुझ्नसक्दैन, ज्ञानी र शिक्षित मानिस गरिब भएपनि ऊ एकदिन धनी भएर निस्कन्छ ।’ प्रमुख अतिथि अधिकारीले शिक्षा, ज्ञान र लगनले एउटा मान्छे कसरी समृद्ध र सफल बन्छ भन्ने कुरा पारामाउण्टका मुकुन्द पाण्डे र काठमाडौं युरो स्कुलका प्रमोद पाण्डेलाई हेरे पुग्छ, भन्नुभयो । उहाँले यस विद्यालयले मेला आयोजना गरेर राम्रो कामको सुरुवात गरेको पनि बताउनुभयो ।

टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्रीले ज्ञान र सिप जति लिनसक्यो, जति सिक्नसक्यो त्यति बढ्दै जान्छ भन्नुहुँदै त्यही उद्देश्य अनुसार यस विद्यालयले आफ्ना विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागि यो मेला तथा प्रदर्शनीको आयोजना गरको छ, भन्ने बताउनुभयो । उहाँले अहिले नगरपालिकाले ‘सिपसँगै शिक्षा’ भन्ने कार्यक्रम सुरु गरेको छ र ज्ञानसँगको सिपले नै मानिसलाई धनी र सम्पन्न बनाउनसक्छ, भन्नुभयो । वडा अध्यक्ष खत्रीले टोखा नगरपालिकाले सामुदायिक विद्यालयहरूमा ‘मेयर खाजा कार्यक्रम’ सुरु गरेको बताउँदै नगरपालिकाभित्र स्थाई रूपमा बसोबास गरेका गरेका गरिब, जेहेन्दार र टुहुरा बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनुनपरोस् भनेर त्यस्ता बालबालिकाहरूलाई पूर्णरूपमा छात्रवृत्ति दिइरहेको कुराको पनि जानकारी गराउनुभयो ।

आयोजक पारामाउण्ट एकेडेमी/पीए कलेजका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले यस वर्ष टोखा नगरपालिका वडा नं.८ सँगको सहकार्यका यो कार्यक्रमको आयोजना गरेको भए तापनि अर्को वर्ष नगरपालिकासँगको सहकार्यमा मेलाको आयोजना गरेर टोखाभरिका विद्यालयहरूलाई समावेश गराउने कुरा बताउनुभयो । प्रिन्सिपल पाण्डेले आजको यस प्रदर्शनीबाट यहाँहरूले पनि अवश्य केही न केही ज्ञान र मनोरञ्जन लिनुहुने छ, भन्ने धारणा राख्नुभयो ।

मेलामा विविध विशेषता तथा आकर्षणहरूमा विभिन्न खेलहरू, गणित तथा विज्ञानको प्रयोगात्मक अभ्यास, आईक्यू प्रश्नहरू, अनुहार रङ्गाइ, खानाका परिकारलगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: