
२०८१ चैत्र ३० गते। लीलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाडौँले त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कारको आयोजना गरेको छ। त्यस अवसरमा साहित्यकार गोविन्दराज विनोदीलाई रू १०,०००/– नगदसहित लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले विनोदीका धेरै कवितासङ्ग्र, गजलसङ्ग्रह, बाल साहित्य, तीन खण्डकाव्य र महाकाव्यसमेत गरी डेढ दर्जन पुस्तक प्रकाशित भैसकेको बताउनुभयो । उहाँले नेपाली साहित्यमा लामो समयदेखि साधनारत रहेर साहित्यको भण्डारमा ठूलो योगदान पुराउनुभएको सम्मान/ पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताउनुभयो । उहाँ बाल साहित्यकार, समीक्षक, सम्पादक, पत्रकार र चित्रकार पनि हुनुहुन्छ भन्दै हाल विनोदी कडा रोगले अस्वस्थ्य हुनु भएकोले उहाँको सम्मान तथा पुरस्कार उहाँको सुपुत्री शोभा गिरी हस्ते प्रदान गरिएको थियो । कार्यक्रममा उहाँको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि ज्ञान निष्ठ ज्ञवाली तथा उपस्थित साहित्यकारहरूले साहित्यकार लीलाध्वज थापाबारे चर्चा गर्दै उहाँको उपन्यास बारेमा चर्चा गर्नुभयो ।
समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले वाचन गरिएका रचनाहरू राम्रो भएको उल्लेख गर्दै पुरस्कार सम्मान भन्नु सानो ठुलो हुँदैन भन्दै कि मिठाई खानेलाई दिनुपर्छ कि औषधि खानेलाई तर यस प्रतिष्ठानले दुवैलाई दिने गरेको उल्लेख गर्दै कविता वाचन गर्नुभयो । स्रष्टाहरू सुशील रिजाल, राजेन्द्र खनाल, श्रीराम सिंह बस्नेत, जित कार्की, दिलिप श्रेष्ठ, सुभाषचन्द्र पौडेल, अरुण खड्का, उत्तम विचारसमेतले विनोदीलाई सहयोग प्रदान गर्नुभयो । कविहरू उत्तम विचार , कुमार नेपाल, विजयध्वज थापा, सुशीला रिजाल, सुन्दर खड्का, राजेन्द्र खनाल, बलराम बिष्ट, अच्युतदत्त पाण्डे, श्रीराम सिंह बस्नेत, जित कार्की, ज्ञान निष्ठ ज्ञवाली, दिलिप श्रेष्ठ, सुभाषचन्द्र पौडेल ‘भिमफेदीया’ बासुदेव ठकुरी, माधव घिमिरे, अरुण खड्का, केशव ज्ञवाली, पवन कुमार बुढाथोकी, जे के एन खडेरीले आआफ्नो रचना वाचन गर्नु भएको थियो । वाचन गरिएका रचनाहरूको उच्च मूल्याङ्कन गर्दै स्रष्टाहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म असी जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, सात जनालाई साहित्य सम्मानले तथा ४५० भन्दा बढीलाई कदर-पत्रले सम्मानित गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्: