
नुवाकोट (थानापति, काफलडाँडा), वैशाख ६ गते । शिवपुरी गाउँपालिका वडा नं.८ बोहोरे खोलाको काफले वनमा अवस्थित कुम्भेश्वर महादेव मन्दिर र कुम्भेश्वरी देवीस्थानमा ब्रह्मणहरूद्वारा रुद्रि पाठ, हवन, पूजाआराधनाको साथै भक्तजनहरूबाट नाचगान र सांस्कृति कार्यक्रमको आयोजनाको साथ कुम्भेश्वरीको वार्षिक पूजा तथा जात्रा सम्पन्न गरिएको छ ।
कुम्भेश्वरी मन्दिर व्यवस्थापन समिति र स्थानीय जनसमुदायको सहयोग र व्यवस्थापनमा आयोजित वार्षिक पूजा तथा सांस्कृतिक कार्यक्रमलाई आगामी वर्षदेखि अझ व्यवस्थित र भव्य रूपमा मनाउने, टोखा–छहरे राजमार्गको बोहोरे खोलामा रहेको कुम्भेश्वरी देवीस्थानदेखि करिब दुई किलोमिटरमाथि जङ्गलमा अवस्थित कुम्भेश्वर महादेव मन्दिरसम्म जाने बाटोलाई सफा र चौडा पार्दै ढुङ्गाको छिँडी बनाउने र प्रचारप्रसारको कारण पछि परेको यस धार्मिक तथा ऐतिहासि मन्दिरको व्यापक प्रचारप्रसार गर्दै लैजाने बारेमा पनि त्यस अवसरमा छलफल तथा निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: