
काठमाडौं, चैत्र ३० गते शनिबार । अभिनव साहित्य समाजले आयोजना गरेको कार्यक्रममा अभिनवको २७८ औं शृङ्खलाअन्तर्गत अभिनव–मुसुरी बौध्द दर्शन पुरस्कारबाट पुण्यप्रसाद पराजुलीलाई नगद रु.१५,०००।– (पन्ध्र हजार) सहित सम्मानित गरेको छ । यस्तै सो कार्यक्रममा कार्य समितिकी सहसचिव मेनका आचार्य/पोखरेलद्वारा लिखित ‘अश्रुसिक्त’ नामक कथासङ्ग्रहको लोकार्पण भएको छ ।
सम्मानित व्यक्तित्व र पुस्तकका बारेमा दिलिप अर्याल र प्रा.डा.कृष्णप्रसाद दाहालले प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि प्रा.डा.गार्गी शर्माले सम्मानित र लेखिकाको विषयमा संक्षिप्त टिप्पणी गर्दै दुवैलाई बधाइ ज्ञापन गर्नुभएको थियो । मन्तव्य व्यक्त गर्नेहरूमा सम्मानित व्यक्तित्व, कृतिकार, विशेष अतिथि बाजुराम पौडेल, भाग्यशाली अधिकारी लगायतका रहनुभएको थियो ।
उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सह कोषाध्यक्ष शारदा खनाल/पराजुली गर्नुभएको थियो । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले धन्यवाद तथा पुस्तक लेखिका तथा सम्मानित व्यक्तित्वको बारेमा र छनौटका प्रकृयाहरूको विषयमा प्रकाश पार्र्दै सम्पूर्ण सहयोगी मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
कविता वाचन गर्नेहरूमा ओमप्रसाद कोइराला, ठाकुरप्रसाद खतिवडा, रामकुमार पण्डित, वासुदेव पौडेल, रामचन्द्र दाहाल, बद्रीप्रसाद सुवेदी, बुद्धि सागर पौडेल, सरिता दुलाल घिमिरे, राजेशमान के.सी, गोपाल कृष्ण रिजाल, शान्ति रिसाल, भवानी अर्याल, कृष्णप्रसाद नेपाल, ऋचा, द्वारिका कुइकेल, सुरेन्द्र पोखरेललगायत १२५ भन्दा बढीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: