
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईकृत नवीनतम् निबन्धसङ्ग्रह ‘शब्द सायारेम’ प्रज्ञा डबलीमा लोकार्पण भएको छ।
प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला, समाजशास्त्री डा.डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गर्नुभएको थियोे। ‘शब्द सायारेम’ उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्धसङ्ग्रह हो।
कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताउनु भएको थियोे। उहाँले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो । तैपनि सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको बताउनु भएको थियोे ।
कार्यक्रममा विश्लेषक खगेन्द्र सङ्ग्रौला, अध्यक्ष डा.गोपाल ठाकुर, समाजशास्त्री डा. डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले सर्जक राईलाई शुभकामना दिँदै पुस्तकका सामाजिक, सांस्कृतिक र साहित्यिक पक्षका बारेमा आफ्ना धारणाहरू राख्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्: