
काठमाडौ, बैशाख १८ गते बिहीबार। साहित्यकार बी. डी. त्यागीको बाइसौं स्मृति दिवसको अवसर पारेर पाँच जना प्रतिभालाई बी डी त्यागी स्मृति सम्मान २०८२ अर्पण गरिएको छ ।
बी. डी. त्यागी स्मृति केन्द्रले साहित्य सदन रामहिटीमा आयोजना गरेको विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षितलाई बी. डी. त्यागी स्मृति सम्मान, वरिष्ठ साहित्यकार किरण आचार्यलाई १०१ रुपैयाँको सिक्काको थैली रहेको बी. डी. त्यागी स्मृति पुरस्कार, वरिष्ठ साहित्यकार तथा पत्रकार निर्मल कुमार आचार्यलाई बी. डी. त्यागी योगदान सम्मान, साहित्यकार रुपा रिसाललाई बी. डी. त्यागी स्मृति प्रतिभा सम्मान र शिक्षातथा साहित्यसेवी चिकित्सक राजेशराज भट्टराईलाई नेपथ्य सम्मान अर्पण गरिएको थियो ।
सम्मानित प्रतिभाहरुलाई वरिष्ठ साहित्यकारहरु गङ्गा पौडेलले टीका, वेदमणी घिमिरेले खादा, कार्यक्रमका सभापति शङ्कर भारतीले सास र प्रमुख अतिथि प्रा. डा. हेमनाथ पौडेलले प्रमाणपत्र अर्पण गरेर सम्मानित गर्नुभएको थियो । केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो सभालाई सभापति शङ्कर भारती, प्रमुख अतिथि प्रा.डा. हेमनाथ पौडेल र सम्मानित प्रतिभाहरुले सम्बोधन गर्दै साहित्यकार बी.डी. त्यागीको व्यक्तित्व र कृतित्त्व बारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा कविहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटेले सम्मानित प्रतिभाको परिचय दिनुभएको थियो ।
कल्पना खतिवडाले संचालन गर्नुभएको सो कार्यक्रममा केन्द्रका पदाधिकारीहरु र साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: