बज्रयोगिनी योग समूहको अगुवाइमा २५६९औं बुद्ध जयन्तीको कार्यक्रम सम्पन्न

३ जेष्ठ २०८२

काठमाडौ, वैशाख २९ गते।  बुद्धजयन्तीको अवसरमा बज्रयोगिनी योग साधना समूहको आयोजनामा तारकेश्वर नगरपालिका वडा ४/५  मा संचालित मिलन बस्ती योग साधाना केन्द्र , अर्किट योग साधनाकेन्द्र, गुप्तेश्वर योग साधना केन्द्र, स्वत भैरव योग साधना केन्द्र, बिन्दवासिनी योग साधना केन्द्र, गोल्ढुङ्ग योग साधन केन्द्रकको सहकार्यमा योग केन्द्रका गुरु, गुरुमा,साधक, साधिकाहरू, तारकेश्वर नगर पतन्जली योग कमिटी अध्यक्ष चन्द्र सापकोटा लगाएत अन्य पदाधिकारी र सदस्यहरु पतन्जली महिला नगर कमिटिका सदस्यहरु, युवा समिति  नेपालका सदस्यहरु लगाएत अन्य विभिन्न महानु भावहरुको भव्य उपस्थितिमा बुद्ध जयन्ती विशेष शान्ति पदयात्रा तारकेश्वर नगर पतन्जली योग कमिटीका अध्यक्ष चन्द्र सापकोटाको अगुवाइमा बज्रयोगिनी योग साधना समूहको प्राङ्गणमाबाट सुरु गर्दै तारकेश्वर न. पा. का ४/५ वडाका विभिन्न स्थानहरुमा शान्तिका सन्देश प्रवाह गर्दै नागार्जुन फूलबारी गेट नजिकै रहेको गुम्बामा पुगी बज्रयोगिनी योग साधना समूहका अध्यक्ष सुमन थापा, उपाध्यक्ष मैयाँ के. सी., सचिव राजेन्द्र घिमिरे, नगर पतन्जली योग कमिटीका अध्यक्ष चन्द् सापकोटा, उपाध्यक्ष जगतनाथ ज्ञावाली, मिडिया प्रभारी कमल (शशी ) पन्त, सदस्यहरु केदार अधिकरी र बिनोद श्रेष्ठ, पतन्जली महिला नगर कमिटीकी  सदस्य बिष्णु तिवारीका साथै सबै केन्द्रका गुरु, गुरुमा, साधक, सधिकाहरुले बुद्धलाई स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए ।

गुम्बाका लामा गुरुहरुद्वारा दिनुभएको बुद्धका सन्देश सम्बन्धी विशेष प्रवचन श्रवण गर्नुका साथै केही समयको ध्यान शिविर समेत सन्चालन भएको थियो । सोही क्रममा बोल्दै चन्द्र सापकोटाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै योग र ध्यानमा आफूलाई समाहित गर्दै बुद्धका महावाणीहरू जीवनमा उतार्न सबैमा आग्रह गरेका थिए ।

बज्रयोगिनी योग साधना केन्द्रका सचिव राजेन्द्र घिमिरेले आफ्नो भनाइ राख्दै उपस्थित सबैमा गुम्बाका लामागुरुले दिनुभएको बुद्धको उपदेश सम्बन्धि प्रवचन लाई मनन् गर्दै आफ्नो जीवनमा समेत उतार्दै जान र आफ्ना खराब विचार, खराब आनिबानी त्याग्दै सत् विचार र सत् मार्ग पहिलाउँदै हरेक व्यक्तले आफूलाई असल पात्रको रूपमा समाजमा चिनिदै अघि बढ्नु पर्ने बताऊँदै २५६९औं बुद्ध जयन्तीको यो पावन अवसर योग र ध्यानको बाटोमा निरन्तर लाग्दै हिजोका कुराहरू भुलेर आजैदेखि सबैले व्यवहारमा नै आसल कार्यमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमको समापनमा बोल्दै जगन्नाथ ज्ञावालीले बोलीमा होइन, व्यवहार असल बन्न सबैमा आग्रह गरे।

अन्त्यमा बज्रयोगिनी योग साधना समूहका अध्यक्षले २५६९औं बुद्ध जयन्तीको कार्यक्रमलाई यस्तो सभ्य र भव्य बनाउन काँधमा काँधमा र हातमा हात मिलाउने सबै दिव्यजनहरुमा र आजको प्रवचन र ध्यानको कार्यक्रम साथमा सुन्दर स्थान समेत उपलब्ध गराउने गुम्बा परिवारलाई कृतज्ञता व्यक्त गर्दै आफू सधै समाजकै लागि समर्पित भएको बताउदै समाजमा शान्तिको सन्देश फैलाउने र योग ध्यानको जागरण ल्याउने जस्ता विभिन्न कार्यक्रम गर्दै अघि बढिरहेको बताउदै २५६९औं बुद्ध जयन्ती बुद्धका उपदेशलाई मनन दर्दै रिस राग द्वष द्वन्द लाई हटाउदै सधै खुसी प्रशन्न रहदै नियमित योग ध्यान प्राणायाममा लाग्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्: