खरेलको ‘देश–विदेश’ नियात्रासङ्ग्रह लोकार्पित

७ जेष्ठ २०८२

काभ्रे (खरेलथोक), वैशाख २७ गते शनिबार । पलाञ्चोक भगवतीको दर्शन तथा खरेलको कुल मन्दिर परिभ्रमण गर्ने कार्य सम्पन्न भयोे । सिक्किम, सिलगडी, दार्जिलिङ, नेपालको कोशी प्रदेश, बाग्ममती प्रदेश चितवनसमेत मधेस प्रदेश निजगढ र काभ्रे जिल्ला खरेलथोकमा अवस्थित खरेलहरू तथा विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा आई बसोबास गरेका खरेलहरूबिच आपसी सम्पर्क, सम्बन्ध, सहयोग र सद्भाव कायम गर्न खरेल वंशको छाता सङ्गठन गठन गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक खरेलथोकमा बसोबास गर्ने खरेलहरूले अन्य क्षेत्रबाट आएका खरेलहरूलाई पलाञ्चोक भगवती मन्दिर परिसरमा रातो रिबन र फूलमालाका साथै पञ्चैबाजा बजाएर स्वागत सत्कार गरेका थिए । सोही अवसरमा महेशराज खरेलद्वारा लिखित ‘देश–विदेश’ नियात्रासङ्ग्रहकोे लोकार्पण पनि गरियो ।

पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका थिए । पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलको सञ्चालनमा सञ्चालित कार्यक्रममा पुस्तक विमोचन गर्दै प्रमुख अतिथि अच्युतकृष्ण खरेलले सिर्जना मानिसको मनबाट निःसृत हुने एउटा अभुुूतपूर्व कला हो । तथापि यो सबैमा हुँदैेन । जोसित हुन्छ उसले समाज र देशलाई दिन्छ, यस कार्यले मानिसकोे पहिचान गराउनेेलगायत निजको अनुभूति अरू समक्ष साझा गराउन मदत पुर्‍याउँदछ साथै व्यक्तिलाई समाज र देशमा स्थापित गराउँदछ । महेशराज खरेलको यस नियात्रासङ्ग्रहले पनि उनका देशविदेशका अनुभूतिहरूलाई साझा गराउन सफल हुने छ, भन्ने शुभेक्षा दिन चाहन्छु । लेखक बन्धुुको लेखकीय कार्य सफल बनोस् भन्ने शुभकामना दिन्छु, साथै पलाञ्चोक भगवतीले सबैको कल्याण गरून् भन्दै महेशराज खरेललाई बधाइ दिनुभयो ।

‘देश–विदेश’ नियात्राका विषयमा लेखक महेशराज खरेलले आफूले देश तथा विदेशमा यात्रा गर्दाका अनुभूतिको संगालो नै देश–विदेश नियात्रासङ्ग्रह रहेको भन्ने जानकारी दिँदै यस पुस्तकमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छोइएको छ । त्यसैगरी ताप्लेजुङको पाथीभरा हुँदै सगरमाथाको लुक्ला नम्चे, खुम्जुङ र विश्वकै उच्च स्थानमा अवस्थित होटल एभरेस्ट भ्युको अवलोकन गर्न पाइन्छ, दुर्बिनको सहारामा होटल पानोरमाबाट सगरमाथा हेरिएकोे सन्दर्भ यसमा रहेको छ । दोलखा जिरी, कालिञ्चोक भगवतीको दर्शन गराउनुका साथै जुम्लाको सदरमुकाम चन्दननाथ, मुगुको खलङ्गा र रारा तालको अविस्मरणीय पैदल यात्रा गराउने छ । नेपालको सबैभन्दा उच्च स्थानमा अवस्थित सदरमुकाम सिमिकोटको स्वाद चखाउने छ, डडेलधुरा, डोटी, दिपायल बैतडी, दार्चुला पुगिने छ, भारतको पिथौरागढ, धार्चुला, चम्पावत, अलमोडा र नैनीताल देखिने छ, कलकत्ता, दिल्ली, हरिद्वार, देहेरादुन हुँदै मसुरी डुलाउने छ । यस नियात्रासङ्ग्रहले इलाम, दार्जेलिङ, खर्साङ र सिलिगुडी पुर्‍याउने छ अनि थाइल्यान्डको रमझममा केही बेर रमाइलोे गराउने छ, भन्ने धारणा राख्नुभयो ।

सभापतिको आसनबाट पाँचखाल नगरपालिकाका मेयर युवा नेता महेश खरेलले नियात्राले भौगोलिक, सांस्कृतिक परिवेशको परिचय गराउनुको साथै व्यक्तिको वैयक्तिक अनुभूतिलाई पनि अभिव्यक्त गर्दछ । बन्धु महेशराज खरेलको यस कृतिले पनि उहँले गर्नुभएको यात्रा र यात्रा गर्दाका अनुभूतिलाई पााठकसमक्ष प्रस्तुत गर्न सफलता मिलोस् शुभकामना दिन्छु भन्दै खरेलहरूको महाभेलाको औचित्य आवश्यकता र उपादेयताका बारेमा समेत प्रकाश पार्दै सभाको समापन गर्नुभएको थियो ।

भेलामा श्रीवशिष्ठ आश्रम खरेल प्रवद्र्धन समितिका महासचिव विष्णुु खरेल र वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली खरेलले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: