
काठमाडौं, वैशाख २० गते शनिबार । नयाँ वर्षको आगमनसँगै बाक्लिएको साहित्यिक कार्यक्रमबीच ज्योति साहित्य प्रतिष्ठान काठमाडौं र सुसेली साहित्य प्रतिष्ठान फर्पिङ, दक्षिणकालीबिच भेट्घाटको आयोजना गरियो ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षता सम्पन्न २१७औँ कविता यात्रा कार्यक्रममा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारले संस्थाहरूबीच यसप्रकारको कार्यक्रमले सहयोग आदानप्रदान मात्र नभई सिर्जनात्मक अभिबृद्धि हुन जाने भएकोले कार्यक्रमको सर्हना गर्दै कविता पनि वाचन गर्नुभयो ।
सभापति मणिराज सिंहले साहित्य सिर्जना र आपसी मेलमिलापको लागि भविष्यमा पनि सहकार्यलाई अगाडि बढाउन चाहन्छौँ भन्नुभयो । सुशेली साहित्यका अध्यक्ष राजा राम के.सी.ले सम्मान साथ हामीलाई आमन्त्रण गर्नुभएकोमा अध्यक्ष सिंह र ज्योति साहित्य प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्दै ज्योति प्रतिष्ठानको प्रगतिको कामना गर्नुभएको थियो ।
विशिष्ट अतिथि रविन्द्र आशिष् शैली, राजेश्वरी काफ्ले (लालबन्दी), मधुसूदन प्रसाद घिमिरे, रजनी खत्री, महेश प्रसाद रिजाल, संगीता खरेल, राम राजा के.सी., चन्द्रलाल तामाङ, किरण नेपाली, अप्सरा भुर्तेल आचार्य, सबिता के.सी., योगाज राजन, विद्या शर्मा काफ्लेले आआपना सिर्जना वाचन गरेर कार्यक्रममा उर्जा थप्नुभएको थियो ।
चन्द्रागिरिका संगी कालीले नयाँ बानेश्वर काठमाडौंस्थित चिया सागर रेष्टुरेन्टको खुला प्रेक्षालयमा छोटो मिठो कार्यक्रमको संयोजन गरिन् । रेष्टुरेन्टकी म्यानेजर प्रतिमा धिताल र सहयोगीहरूले साहित्यकारहरूलाई आतिथ्यता प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: