विजय हितानलाई “पर्यासाहित्य दूत सम्मान”

१४ जेष्ठ २०८२

काठमाडौं,  जेठ १०।  नेपाली साहित्यको निरन्तर प्रवाहलाई अझ सशक्त बनाउँदै ज्योति साहित्य प्रतिष्ठानको २१८औं सृङ्खलामा प्रा डा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा डा. विप्लव ढकाल, भीष्म उप्रेती, डा. पद्मा अर्याल, , अक्षरमार्गका सम्पादक सूर्य लाकोजु, शिखरकवि शैलेन्द्र साकार, ब्रिटेन निवासी पर्यासाहित्य प्रेमी विजय हितान, गङ्गा भेटवाल, डा मनमूर्ति भूर्तेल(रूस),  बुद्धिमान महर्जन, भुवन शिवाकोटी, मनमूर्ति भूर्तेल, श्रीराम पौडेल, करिश्मा सिंह, अम्बिका सुवेदी , रजनी मिल, योगाज राजन, जायस रौनीयार, देवेन्द्र नेपाल , चाचु, सुशीला शर्मा सिलु, जुमनकिरण, बागमती राई, सुनिता अधिकारी, श्रीराम पौडेल उदास, सूर्य लाकोजु, रुबिना राना, करिश्मा कुमारी सिंह, संगीता ठाकुर, अम्बिका सुवेदी, सुनिता राई कन्दङ्वा, जीकेएन खडेरी, शान्ति पौडेल लगायत स्रष्टाहरूको गरिमामय उपस्थिति सहित रचना वाचन भएको थियो।

कार्यक्रममा सूर्य लाकोजुद्वारा काभ्रे पनौतीबाट निरन्तर प्रकाशित साहित्यिक पत्रिका अक्षरमार्ग साहित्यिक कोष मार्फत सात जना स्रष्टालाई नगदसहित सम्मान गरियो।  अक्षरमार्गद्वारा स्थापित दुई कोषमार्फत साहित्यिक कृतिहरू बिना शुल्क प्रकाशन गरिँदै आएको र पुस्तक बिक्रीबाट संकलित रकम कोषमा नै जाने परम्परा रहेको जानकारी दिइएको थियो ।

ब्रिटेनबाट आएका विजय हितानलाई प्रतिष्ठानको तर्फबाट ‘पर्यासाहित्य दूत’ सम्मान अर्पण गरियो। सम्मानित स्रष्टा बृटेन निवासी विजय हितानले आफ्ना कविता “मलाई आर्यघाट लगेर नजलाउनु” समेत वाचन गर्नुभयो।
कार्यक्रममा बुद्धिमान महर्जन, श्रीराम पौडेल, , करिश्मा कुमारी सिंह, अम्बिका सुवेदीलगायतलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरियो।

कार्यक्रममा चिया सागर रेस्टुरेन्टका प्रबन्धक प्रतिमा धितालको जन्मदिन स्रष्टाहरूका बिचमा केक काटी मनाइयो। उहाँले प्रतिष्ठानका सदस्यहरूलाई जहिले पनि यस रेष्टुरेन्टमा १० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी पनि दिनुभयो। कार्यक्रमकाे सञ्चालन ज्योति साहित्य प्रतिष्ठानकी महासचिव उषा आचार्यले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्: