विद्यार्थीसँगको भलाकुसारीको लागि नेसनल युनाइटेड स्कुलमा

१७ जेष्ठ २०८२

काठमाडौं, जेठ १६ गते शुक्रबार । संसाक मासिक र ईसंसाकको नियमित स्तम्भ ‘विद्यार्थीहरूसँगको भलाकुसारी’ को लागि सहप्राध्यापक डा.शैलेन्दुप्रकाश नेपाल र उपप्राध्यापक डा.अम्बिका अर्यालको साथ नेसनल युनाइटेड स्कुल, गणेशचोक, बूढानीलकण्ठका विद्यार्थीहरूसँग कुराकानी र छलफल गरियो ।

त्यस अवसरमा वरिष्ठ साहित्यकार, आदरणीय गुरु तथा पद्मकन्या कलेज बागबजारको सहायक क्याम्पस प्रमुख डा.नेपालसँग विद्यार्थीहरूले मुख्य रूपमा ‘प्रोफेसरको दैनिकी’ र साथमा साहित्यका विविध पक्षका बारेमा आफ्ना प्रश्न र जिज्ञासाहरू राखेका थिए । त्यसैगरी कवि, साहित्यकार, पद्मकन्या कलेज बागबजारकी नेपाली विभाग प्रमुख डा.अर्यालसँग विद्यार्थीहरूले नेपाली साहित्यको वर्तमान अवस्था, साहित्य लेखन र अध्ययने विद्यार्थीहरूको पढाइमा पार्ने सकारात्मक प्रभाव, प्रविधिले साहित्यमा पारेको असरका अनेकौँ पाटाहरूमा प्रश्न सोध्ने र जिज्ञासा राख्ने काम गरेका थिए ।
२०५७ सालमा स्थापना भएको नेसनल युनाइटेड स्कुल २०८२ सालसम्म आइपुग्दा उत्कृष्ट नतिजाको साथ १५ औँ ब्याजसम्म एसएलसी तथा एसईईमा समावेश भइसकेको छ । शान्त तथा सुन्दर वातावरणमा अवस्थित दक्ष र अनुभवी शिक्षक/शिक्षिकाहरूद्वारा मायालु वातावरणमा पढाइ हुने यस स्कुलले झण्डै ५ दर्जन शिक्षक, कर्मचारीहरूलाई रोजगारीसमेत उपलब्ध गराउँदै आएको छ । संस्कार सहितको शिक्षाको लागि ‘तमसो मा ज्योतिर्गमय’ भन्ने मूल नाराका साथ स्थापित यस स्कुलकी प्रिन्सिपल शायारा हमालले स्कुलमा अध्ययनरत झण्डै साढे पाँचसय बढी विद्यार्थीहरूको साथै शिक्षक, कर्मचारीहरूको नेतृत्व गर्दै विद्यालयलाई समुन्नतिको दिशातर्फ अगाडि बढाइरहनुभएको छ ।
त्यस अवसरमा विद्यालयका सहायक प्रिन्सिपल रामकुमार सिंहलाई आफ्ना मौलिक कृति तथा साहित्यिक पत्रपत्रिकाहरू विद्यालयको लागि उपहार स्वरूप प्रदान गरिएको थियो।  

प्रतिक्रिया दिनुहोस्: