कविता

अतिथि सम्पादकहरूद्वारा सम्पादित कविताहरू

२९ जेष्ठ २०८२

यसपटकको अतिथि सम्पादकमा न्यू मालश्री ईङ्गलिस स्कुल, टोखा–३, स्टारटाउन, काठमाडौंका छात्रछात्राहरू निखिल थापा (कक्षा : ८), नितु कार्की (कक्षा : ९) र रोजिना तामाङ (कक्षा : ९) रहेका छन् । यस अङ्कमा विभिन्न विद्यालयका भाइबहिनीहरूका रचनाहरू सङ्कलन गरी उनीहरूले नै छनोट तथा सम्पादनसमेत गरेका हुन् ।

आमा
विजयविक्रम शाही
कक्षा : ६

आमा तिम्रो हँसिलो मुहार छ
तिमी हौ ममताकी खानी
दुःख, कष्टलाई पनि सजिलै लिने
सधैं खुशी, हाँसिरने कस्तो राम्रो बानी !

हिँड्न सिकायौ, दौडिन सिकायौ,
बोल्न सिकायौ, पढ्र्‌न–लेख्न सिकायौ ।

गर्ने छैन आमा कैले तिम्रो अपमान
सकेँ भने घुमाउँछु पूरा यो संसार ।
आशा गर्छु, आमा तिम्रो नाम राख्नसकूँ
दुःख पर्दा सुखका दिन सधैं डाक्नसकूँ ।
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

पानी
रोजा श्रेष्ठ
कक्षा : ७

पानीले तिर्खा मेटाउँछ हाम्रो
पानी पिउनु जिन्दगीमा सबैभन्दा राम्रो ।
सारा प्राणीको जीवन अडेको छ पानीमा
पानीबिना बाँच्न सकिँदैन जिन्दगानीमा ।

पानीबिनाको जीवन अधुरो हुन्छ
हिमालले हामीलाई पानी दिन्छ ।
संसारमा निकै महत्व छ पानी
पानीबिना संसारमा मर्छ जिन्दगानी ।
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

आमा
स्मृति खड्का
कक्षा : ७

कति प्यारो शब्द यो आमा
सुन्दा आनन्द आउँछ दिलमा ।
धेरै दुःख, कष्ट होला उनको मनमा
तर पनि मुस्कान छाइरहन्छ मनमा ।

आमाको काखमा संसारै भुल्छु
उनको गालीमा पनि सधैं ममता पाउँछु ।
दुःख, सुख कैल्यै पनि पछिहट्दिनन्
सन्तानलाई माया गर्ने मौका दोड्दिनन् ।

आमाबिनाको जीवन पानीबिनाको माछाझैँ
उनको माया सधैं शीतलु छायाझैँ ।
के बयान गर्नु ! उनको माया ममता
आमा मेरो संसार, आमा मेरो भगवान् !
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

हिमाल
एलिसा रिमाल
कक्षा : ७

हिमाल हाम्रो देशको सान
यसले नै बढाउँछ नेपालको मान ।

संसारकै उच्च हिमाल छ हाम्रो
हिमालले नै बनाएको छ देश हाम्रो राम्रो ।

हिउँ पग्ली बनेका छन् नदी, नाला, खोला
कुनै दिन म पनि त हिमाल चढ्छु होला !

हिमालको नाम सधैं यी कानले सुन्दा
आनन्द छ सपनाका लक्ष्यहरू बुन्दा ।
न्यू मालश्री ईङ्गलिस स्कुल
टोखा–३, काठमाडौं ।

मेरो देश नेपाल
रिसब बस्नेत
कक्षा : ७

कति राम्रो नेपाल कति सुन्दर देश
मिली बस्छन् सबै मानिस जातिहरू अनेक ।
पूर्व–पश्चिम मेची र काली सिमाना कोरेको
दक्षिण तराई, उत्तरतर्पm हिमालले घेरेको ।

संस्कृतिले भरिएको कति सुन्दर देश
अनेक जाति भाषा धर्म फरक छन् भेष ।
सबै थरी मानिस ती आफू मिली बस्छन्
सबै जना यही देशको गीत गुन्गुनाउँछन् ।

यो देशलाई शिरमा राख्छन् सबै नेपाली
विश्वमै चिनिन्छौँ हामी वीर गोर्खाली ।
पूर्खाको वीरताले यो देश बाँचेको छ
आफ्नो रगत, पसिनाले यो देश साँचेको छ ।

ज्ञानभूमि, शान्तिभूमि बुद्धको यो देश
शिव, सीता, पार्वती र जनकको देश ।
प्रकृतिको रमझम सुन्दरताको खानी
यै देशका सन्तान हामी कति भाग्यमानी !
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं

बाबा
जस्मिन लिनेल मगर
कक्षा : ७

सपना छन् तिम्रा पनि ती सबै मारेर
परिवारका सबै इच्छा पूरा गर्ने रहर बोकेर ।
खै कसरी सक्छौ ? दुःख, चिन्ता, सबै लुकाउँन
घर आउँदा एकगिलाँस पानीले खुशी हुन ।

मलाई लाग्दैन डर कसैको
जब मेरो शिरमा तिम्रो आशीर्वाद हुन्छ ।
अघि बढ्ने हिम्मत बढ्छ
जब तिम्रो हात मेरो हातमा हुन्छ ।

जुन दिन म तिम्रो दुःख बोक्ने छु
त्यो दिन म अति खुशी हुने छु ।
मिहिनेतले तिम्रो सपना पूरा गर्ने छु
जब तिम्रो मुखबाट स्याबास पाउने छु ।

हो, बाबा ! अहिले म केही गर्न सक्दिन
तर तिमीले महसुस गर्ने छौ जब ।
मेरो कमाइले तिम्रो दुई छाक टर्ने छ
मेरो त्याग र सेवाले तिम्रा सबै रोग हर्ने छ ।
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं। 

आमा
अविसा भण्डारी
कक्षा : ८

सुनेको छु मैले जन्म लिँदा
पहिलोपटक म रुँदा
तिमी हाँसेको थियौ रे !
म रुँदा मलाई मायाले सम्झाउँथ्यौ ।
चोट लाग्दा मलाई सँगै बसेर रुन्थ्यौ ।
आमा ! कसरी चुकाऊँ म ऋण तिम्रो ?
तिम्रा सबै दुःखका दिन मेरा
मेरा सबै सुखका दिन तिम्रा !

मिल्ने भए मेरा सुखहरू तिम्रा नाउँमा सार्थें
भगवान्‌सँग एउटै प्रार्थना गर्थें
अर्को जन्ममा म आमा, तिमी छोरी माग्थें
तिम्रो बयान के गरुँ !
तिमी त भगवान्‌को अर्को रूप हो आमा !
भगवान्‌को बयान को गर्न सक्छ र !

मृत्यु दिने धेरै छन् यो संसारमा
जन्म दिने त मात्र आमा छिन् यहाँ ।
आमाको काख जस्तो शीतल
कुन ताल छ देखाऊ ?
स्नेहमय आँचल जस्तो प्रेमिल
कुन छाल छ, देखाऊ ?
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं।

गुरु
निर्मला लिम्बु
कक्षा : ८

गुरु नै हो सबै वेद
गुरु नै हो सबै पुराण ।
गुरुलाई गर्नु सधैं सम्मान
गुरु नै हो जीवनको ज्ञान ।

न त कसैलाई धनी देख्छन्‌
न त कसैलाई गरिब भन्छन् ।
न त कसैलाई आफ्नो ठान्छन्‌
न त कसैलाई पराई मान्छन् ।

आफू जति दुःखी भए पनि
शिष्यलाई सुखी बनाउँछन् ।
मैनबत्ती जस्तै बलेर आफू
ज्ञानको ज्योति फैलाउँछन् ।

राम्रो व्यवहार हुन्छ गुरुको
सागर जस्तै हुन्छ ज्ञान ।
कसैलाई बनाउँछन् डाक्टर, ईञ्जीनीयर
कसैलाई बनाउँछन् महान् ।
पारामाउण्ट एकेडेमी/पी.ए.कलेज
टोखा–८, काठमाडौं। 

ताराको किरण
शुभद्रा गुरुङ
कक्षा : ९

अन्धकारमा ताराझैँ बनेर आई
घामको किरणझैँ बनेर आई ।

सधैं सोच्छु उनकै बारेमा
कहिले आउँछिन् चम्किलो तारा बनेर ।

बिदाइ नै नगरी, केही भन्नै नपाई
ऊ मलाई शब्द बिहीन बनाएर गई ।

ऊ त्यो उज्यालो जुन कहिले मर्ने छैन
सधैं मेरो आँखामा चम्किरहन्छे ।

आकृति मेरो साथी, सधैं हाँस्दै हिँड्थ्यौँ
सम्झनामा सधैं तिमीलाई खोज्न पुग्यौँ ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौं।

आमा
वृषा भट्ट
कक्षा : ६

आमा ! तपाईं कोमल, दयालु र सत्य
तपाईंको प्रेम कहिल्यै हुँदैन असत्य ।

तपाईको न्यानो हात र साथले अघाइँदैन कहिले
मेरो हरेक पाइलामा मार्गदर्शक बन्नुपर्छ जहिले ।

निःस्वार्थ माया र त्याग हजुरको अर्को उपमा
सकिँदैन दाँज्न देवी–देवता हजुरको समान ।

हिरा, मोतीले नाप्न सकिँदैन हजुरको मूल्यको गहिराइ
सधैं असीम आशीर्वाद रहोस् आशा र भरोषा बनी ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौं।  

हराएको बाल्यकाल
सजोला रिसाल
कक्षा : ८

केही समय अघिकै कुरा जस्तो लाग्छ
यो मनले फेरि बाल्यकाल नै माग्छ ।

सानो केटो उसलाई कसैको मतलव लाग्दैन थ्यो
कमलो मन जसले कसैको सहयोग माग्दैन थ्यो ।

पागल रैछ यो मन जसलाई ठूलो हुन मन लाग्यो
बालकै थिएँ म साना कुरामा पनि जाँगर लाग्थ्यो ।

क ख ग घ र १ २ ३ पढ्दा पनि रमाउँथेँ म
ताते ताते गर्दै बाबाको औँला समाउँथेँ म ।
ठूलो हुँदै जाँदा अब धेरै कुरा बुझ्दै छु
जीवन जिउने तरिकाहरू बल्ल अब सिक्दै छु ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौं।

जीवनको सत्य
अविशा के.सी.
कक्षा : ८

चराहरू सबै सधैं आकाशमाथि उड्छन्‌
पानी परेपछि रूखका डालीभित्र झर्छन् ।

कति मीठो नाच्छन् चरी आकाश–धर्ती वरिपरि
नाची नाची आफ्नो जीवन बाच्छन् बेसै गरी ।

उड्नसक्छन् चरीहरू फररर जहाँ तहीँ
यो संसारको चारैतिर भ्रमण गरी गरी ।

चरीको जीवन सधैं सुख र खुशीले भरिएको छ
थाहा छैन तिनलाई पनि पीडा परेको छ !

जाडोमा चरी कसरी चारो खोज्ला ?
सानासाना बालकको भोको पेट भर्ला !

कसरी त्यो चरी सानो गुँड बनाउँछ ?
हावा, हुरी एकैछिन्‌मा गुँड ढलाउँछ ।

लाग्छ मलाई चरी बन्नु सजिलो त छैन
जताततै डरैडर उड्दा, बस्दा हैन !

सबैका छन् दुःखहरू बाहिर देखिँदैन
महसुस गरे पनि केही हुनेवाला छैन !
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल
टोखा–८, बानियाँटार, काठमाडौं।

छोरी
निर्जला मगर
कक्षा–७
म बुद्धको देशमा हैन आमा !
गिद्दहरूको देशमा जन्मिएछु
म स्वर्ग जस्तो देसमा हैन आमा !
नरपिचाश बस्ने देशमा जन्मिएछु ।

भूल तिम्रो अनि मेरो हो आमा !
छोरा हुनु पर्ने म
अभागी छोरी भएर जन्मिएछु ।

म सीता जन्मिएको देशमा हैन
सतिले सरापेको देशमा जन्मिएछु
‘न्याय नपाए गोरखा जानू’
भन्ने देशमा हैन आमा !
म त न्याय हराएको देशमा जन्मिएछु ।

मेरो मुखबाट तिमीले आमा
कुनै शब्द नि सुन्न नपाउँदै
गिद्दहरू–
मेरो अस्मितामा आँखा गाडिसकेछन्‌
म त तिम्रो सानी पुतली आमा !
गुडिया गुडिया भन्दै हसाउँथ्यौ ।

आमा ! तिम्रो गुडियालाई
चिथोरी चिथोरी क्षतबिक्षत पार्ने
दानवहरूको देशमा जन्मिएछु ।
कुमारीलाई देवी पुज्ने देशमा हैन
कुमारित्व लुट्ने देशमा जन्मिएछु ।

म नारीको आवाज सुन्ने देशमा हैन
नारीको आवाज थुन्ने देशमा जन्मिएछु ।
म नारीलाई सम्मान गर्ने देशमा हैन
नारीको ईज्जतलाई धुजा धुजा पार्ने
देशमा जन्मिएछु आमा !

म धेरै पटक मरेँ, धेरै पटक
छोरी भएकै कारण मरेँ
रिस र डाहाको कारण मरे
मायाको कारण मरेँ
राम्री हुनको कारण मरेँ
नराम्री हुनाको कारण मरेँ ।

भूल तिम्रो अनि मेरो पनि हो
छोरा हुनुपर्ने छोरी भएर जन्मिएछु
त्यसैले, पलपल जीउँदै मरेकी छु
आमा ! पलपल जीउँदै मरेकी छु !
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं। 

म बन्ने छु
आरुसी महर्जन
कक्षा–७
म बन्नेछु–
धानका सुनौला बालझैँ चम्किला
हरिया विशाल पहाडझैँ शान्त
गगनचुम्बी हिमालझैँ हँसिला
झ्याउँकिरीका आवाजझैँ सुरिला ।

मेरा आँखा,
बन्नेछन् आकाशका जूनघाम
मेरो शरीर,
बन्नेछ सिङ्गो पृथ्वी
मेरो श्वास,
बन्नेछ शरदको सिर्सिरे बतास
जब तिमी बिहान ब्यूँझन्छौ
म तिम्रो,
आँखाको ज्योति बन्ने छु ।

मेरा धड्कनहरू तिम्रो पाइला बन्ने छ
अनि सुरु गर्ने छ हजारौं माइलको यात्रा
र सुनाउने छु नहारेको त्यो इतिहास ।

म त्यो छाया बन्ने छु
जुन तिमीसँगै हिडिरहने छ ।

म बन्ने छु त्यो करिष्मा
जसलाई तिमी जहाँ जहिले पनि
र, जता पनि भेट्ने छौ !
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं। 

नेपाल सरकार
आयुषा थापा मगर
कक्षा : ९
कहाँ छ खै हामीले बुनेका ती सपना !
भन्थेऊ बनाइदिन्छु
तिमीहरूका सपनालाई विपना
हाम्रा आशा सबै निराशा भएर गए
सरकार जति सबै भ्रष्टाचारी भए ।

बेचिएका जनता
खाडीमा पसिना बगाउँदैछन्‌
यता नेपालमा
पाँचतारे होटलमा खुसी मनाउँदैछन्‌
गोरखालीले लेख्या ती इतिहास मेटिदैछन्‌
नेपालका सरकारहरू भीख मागिरहेछन् ।

हरदिन हरपल बेचिँदैछ हाम्रो देश
खै कता हरायो ?
नक्साको कालापानी लिपुलेक
बनाउँछु भन्थ्यौ,
नेपाललाई एक सुन्दर राष्ट्र
यस्तै भन्दै जनतालाई दियौ धेरै कष्ट ।

नेपालीहरूको आँखामा आँशु देखिरहेको छु
पीडित जनताका घाँटीमा पाँसो भेटिरहेको छु
ती भ्रष्टाचारी सरकारका विरुद्ध
यस्ता कविता अझ लेख्छु
जनताले न्याय पाउँछन् भने
म यो शरीर त्यागिदिन्छु !
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं। 

मेरी आमा
रुप्सा खड्का
कक्षा : ९

मेरी आमा ! तिमी उज्याली छ्यौ जूनको ज्योतिभन्दा
तिमी मेरो लागि बहुमूल्य छ्यौ समुन्द्रको मोतीभन्दा
जति गरे पनि तिमीले दिने जस्तो पाइन्न कतै काख
त्यसैले भनेका होलान् आमाको काख अरूको लाख ।

बिहानको सूर्योदय पनि तिमी नभए मधुरो लाग्छ
तिमी कतै जाँदा मात्रै पनि जीवन अधुरो लाग्छ
तिमी त मेरो जीवनको केवल बाँच्ने आधार हौ
हरेक दुःख, सुखलाई बाँडेर रमाउने चाहना हौ ।

तिम्रो मायालु स्पर्शले दिन्छ सदा अदम्य शक्ति
सन्तानबाट कुनै हिसाब खोज्दिनौ तिमी रत्ति
आफ्नो खुसीभन्दा मेरै लागि जिइरहन्छ्यौ
कष्ट मैले पाएँ भने रातदिन आँसु पिइरहन्छ्यौ ।

तिम्रो महिमा आमा सधैँभर अपरम्पार
तिमी छ्यौ र पो उज्यालो छ सारा संसार
देवी, लक्ष्मी, सरस्वती तिमीलाई मानुँला
तिम्रो ऋण तिर्न आमा कसरी म जानुँला !
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं। 

मेरो देश
संदीप नेपाली
कक्षा : ५

मेरो देश जति हेरे पनि अघाउन्न मन
जताततै छन् हरिया र रमाइला वन ।
नदीहरू बग्छन् डुली हिँड्दै वनपाखा
यसको सुन्दरतामा रमाउँछन् आँखा ।

हिमालहरू सधैँभर उत्तरमा टल्कन्छन्
एकपटक हेरेपछि जो पनि पल्कन्छन् ।
हेरिरहूँ जस्तो लाग्छ तराईको फाँट
पहाडको शिर देख्दा पलाउँछ आँट ।

चराहरू चिर्बिराउँछन् सूर्य उदाउँदा
जिउ बन्छ पवित्र झरीले रुझाउँदा ।
जति बेला पनि लाग्छ आफ्नै देश जाती
मिलीजुली उठाउनु छ यही धर्तीलाई माथि ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं। 

शहीद
युनिक गमाल
कक्षा : ९
सोचिरहे सधैँं तिनले देश बनाउने कुरा
नहारेर हिम्मत कैल्यै बने सदा शूरा ।
बिहान उठ्दा आँखाभरि देशकै कोरी चित्र
छातीभित्र सल्बलाउँथे भक्तिभाव पवित्र ।

के दियो देशले भन्ने बोकेनन् स्वार्थी चाल
स्वाभिमान बिकाएनन् शत्रुले फाल्दा जाल ।
घुँडा टेकेनन् डराएर एउटै बोली बोले
बचाउन देशलाई जोखिम धेरै मोले ।

हाँसीहाँसी तयार भए देशकै लागि मर्न
आमाका ती ओठमा लौ मीठो मुस्कान छर्न ।
मरेर ती गए पनि सुनौला छन् नाम
शहीद बनी देशको खातिर पुण्य गरे काम ।
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं।

प्रस्तुति : न्यू मालश्री ईङ्गलिस स्कुल, टोखा–३, स्टारटाउन, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: