‘हात्ती दाइ ! अगाडि नबढ, त्यहाँ खतरा छ ।’ दुईटा स्यालले हात्तीलाई अगाडि बढ्न दिएनन् । हात्तीले उनीहरूको कुरालाई वास्ता गरेन । ऊ झनै बलका साथ अगाडि बढ्यो । स्यालहरूले कुदेर गएर फेरि बाटो छेके । हात्तीले रिसले आँखा देखेन । उसले दुइटै स्याललाई खुट्टाले हानेर मार्यो ।
त्यति गर्दा पनि हात्तीको रिस घटेन । ऊ लमक लमक गर्दै अगाडि बढ्यो । एकैछिनमा ऊ सिकारीले थापेको जालमा पर्यो र त्यहाँबाट निस्कन सकेन । सिकारीले ठूलोठूलो स्वरमा हाँस्दै भन्यो, ‘मूर्ख ! स्यालको कुरा पत्याएको भए अहिले यसरी जालमा पर्थिस् !”
आफ्नो ज्यान बचाउन खोजेका स्यालहरूलाई मारेकोमा हात्तीलाई पछुतो लाग्यो । एकैछिनमा हात्ती पनि मर्यो ।
कक्षा : ४
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ, काठमाडौँ ।
प्रतिक्रिया दिनुहोस्: