साहित्य
कालो अतीत सम्झिएर रुन्छ्यौ कहिलेसम्म
हत्तेरिका यादको माला उन्छ्यौ कहिलेसम्म !
भित्रैसम्म हल्लाइ जान्छ धोकाको यो कम्पन
यस्तै झड्का मनमनै गुन्छ्यौ कहिलेसम्म !
मिलन बिछोड भन्नु पनि घाम छायाँ रैछ
आँशुले ती नयनलाई धुन्छ्यौ कहिलेसम्म !
भित्रैसम्म घोची गयो घृणाको त्यो सुइरो
उसलाई सम्झी एकोहोरी हुन्छ्यौ कहिलेसम्म !
कहाँ हुन्छ मन खाली दुनियाँमा अचेल
स्मृतिको त्यो पछ्यौरी तुन्छ्यौ कहिलेसम्म !
कति आए मित्रताको साइरन बजाउँदै
धोकै दिने परदेशी चुन्छ्यौ कहिलेसम्म !
आकाश जस्तै खुला हुन देऊ मनलाई
उर्लेका ती चाहनालाई थुन्छ्यौ कहिलेसम्म !
बागमती–११, कर्मैया, सर्लाही।
प्रतिक्रिया दिनुहोस्: