अहिले त हामी साना छौं
भोलि त ठूला हुने छौँ ।
मेची र काली पुग्ने छौँ
हिमाल, तराई घुम्ने छौँ ॥
पहाड, तराई, हिमाल
यही हो हाम्रो नेपाल ।
नदी खोला धेरै छन्
अझ राम्रो हरियो वन ॥
जरीबुटी पनि त छ
त्यसैले नेपाल धनी छ ।
यहीँ नै हाम्रो जन्म भो
यहीँ नै हामी मर्ने हो ॥
टोखा–८, बानियाँटार, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: