कविता

दृष्टिविहीन

३२ जेष्ठ २०८२
राजेश मान के. सी.

दृष्टिविहीनलाई हामीले हेला गर्नु हुँदैन ।
उनमा पनि खुवी हुन्छ कमजोर ठान्नु हुँदैन ॥

जन्मजात र रोगले हुन्छ दृष्टि अपाङ्गता ।
दृष्टिविहीनमा नि हुन्छ अनेक क्षमता ॥

दृष्टिविहीनलाई चाहिन्छ शिक्षा, स्वास्थ्य, रोजगार ।
राज्यले नै राख्नु पर्छ यसमा मुख्य सरोकार ॥

परिवारमा भए दृष्टिविहीन बालबालिका ।
अभिभावकको नै हुन्छ मुख्य भूमिका ॥

अभिभावकले उनको खुवी चिन्नु पर्छ ।
यसमा उचित वातावरण बनाइदिनु पर्छ ॥

दृष्टिविहीन पनि निकै सिर्जनशील हुन्छन् ।
सङ्गीत, कला, साहित्यमा रुचि राख्ने गर्छन् ॥

दृष्टिविहीनलाई आवश्यक छ सेतो छडी ।
हि“ड्न सक्छन् उनीहरू यसको प्रयोग गरी ॥

दृष्टिविहीनलाई पढ्न चाहिन्न कलम, कापी ।
उनीहरू पढ्ने आफ्नो नै हुन्छ ब्रेल लिपी ॥

सूचना प्रविधिमा उनको पहु“च पुग्नु पर्छ ।
यसले उनलाई अघि बढ्न सहयोग गर्छ ।

हिम्मत हुने अघि बढ्छन् नभए नि दृष्टि ।
यसको उदाहरण हुन् मेरै छोरी सृष्टि ॥

गट्ठाघर–२, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्: