तिम्रो नेता गाउँमा नआउने भए, ओखर बोटे काका
यसपालि पनि झुक्याउने नै भए, ओखर बोटे काका !
खुब विकास गर्छु भनी घोक्रो फुलाउँथे गाउँमा
शहरको मुख्य बाटोमा घर ठड्याए आफ्नै नाउँमा
कतिचोटि विश्वास गर्ने हो, ओखर बोटे काका
नेता अघाएपछि पालो हो कि, ओखर बोटे काका !
तिम्रो नेता गाउँमा नआउने भए, …… !
तिम्रो पसिनाको पाप लाग्छ कि लाग्दैन हेरौं
झुक्याइरहने नेतालाई हामी सबै मिलेर फेरौं
योपटक पनि खेरै गयो ओखर बोटे काका
अबका दिनमा सचेत रहौं, ओखर बोटे काका !
तिम्रो नेता गाउँमा नआउने भए, ओखर बोटे काका
यसपालि पनि झुक्याउने नै भए, ओखर बोटे काका !
बनेपा–४, नाला, काभ्रे।
प्रतिक्रिया दिनुहोस्: