
काठमाडौं, जेठ ३१ गते शनिबार । अभिनव साहित्य समाजले भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८० औं मासिक शृङ्खलाअन्तर्गत गृष्म कवि गोष्ठी सम्पन्न गर्नुको साथै अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई दश हजार नगद सहित सम्मानित गरेको छ ।
प्रमुख अतिथि पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहालले विद्यार्थी तथा कविकवयित्रीहरूलाई लेख्नको लागि उत्प्रेरित गर्दै सम्मान तथा पुरस्कारहरू प्रदान गर्नुभएको थियो ।
विशेष अतिथिहरूमा शीतल गिरी, आर.सी. रिजाल, ध्र्रुव थापा, प्रदीपरत्न शाक्य आदि रहनुभएको थियो । सभाका सभापतित्व विमल अर्यालले गर्नुभयो । स्वागत मन्तव्य घनश्याम प्रसाई, उद्घोषण बी.पी. इलामेले गर्नुभएको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै वाचित कविताहरूको छोटकरी टिप्पणीको साथै क्रिष्टोफर कार्की, सरिता दुलाल, संगीता गजुरेल, गीता खनाल र दिवाकर नेउपानेलाई प्रोत्साहन पुरस्कारको लागि सिफारिस गर्नुभएको थियो ।
सृजना वाचन गर्नेहरूमा महेश्वर खनाल, गङ्गाप्रसाद भेटवाल, सुशील आचार्य, राजेशमान के.सी., आरकेएन् खडेरी, सुशील आचार्य, ठाकुप्रसाद खितिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, सुमन किरण, बद्रीप्रसाद सुवेदी, निशा के.सी., ऋचा, सपना अधिकारी, बाजुराम पौडेल, हरि डाँगीलगायत ४० जनाभन्दा बढी रहनुभएको थियो ।
यसैगरी मुक्तक लेखन तथा वाचन प्रतियोगितामा सहभागी विद्यार्थीहरुमा सुशान्त कोइराला सरस्वती मा.वि. प्रथम, समृद्धि श्रेष्ठ उत्तरवाहिनी बोर्डिङ्ग स्कुल द्वितीय र अंंशु कशजु श्रेष्ठ अरुणोदय मा.वि., सोनिया पौडेल गोकर्णेश्वर महादेव मा.वि. र श्रीषा बर्तौला इष्ट पोल मा.वि.तृतीय हुनुभएको थियो ।
अन्य सहभागीहरूमा सौरमी तिवारी इष्ट पोल, रोशिका भण्डारी इष्टपोल, ऋदम दोगोडा, सपना विश्वकर्मा, आङसी तामाङ र प्रिउसा परियार विद्यामठ, स्नेहा राई नव अरुणिमा, एनोरयिा तामाङ र प्रशान्त तिमल्सिना पर्ल्स मा.वि., सुस्मिता न्यौपाने, सोना खनाल, रिदिमा खतिवडा र सोनिया पौडेल, गोकर्णेश्वर महादेव, स्मारिका कार्की र इश्मानी कार्की सुसंस्कार, जानकी साह र रानी चौधरी विद्या सागर, एलिशा देवान र निमा शेर्पा उत्तर वाहिनी, अन्तरा यादव, जिया दुलाल, साइन्स राई र रिदम वि.क.त्रिकोण स्कुल रहनुभएको थियो ।
शिक्षक तथा शिक्षिका प्रतिनिधिहरूमा राजभाइ धौगोडा, पार्वती रावत, संजीव श्रेष्ठ, निश्चल तामाङ, प्रेमा भट्टराई, सीता देवकोटा, पार्वती अधिकारी, प्रार्थना खनाल जोशी प्रमोद कुमार भण्डारी, राजकुमार नगरकोटी आदि रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: