
२०८२ असार १४, काठमाडौं । साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाज नेपालले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको साहित्यिक कार्यक्रममा २ दर्जन बढी कविता वाचन भएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पार्दै कविता वाचन गर्नु भएको थियो भने एकल व्यक्तित्व समाज नेपालका अध्यक्ष कपिल लोहनीले स्वागत तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रमुख अतिथि बिना नै आयोजित सो कार्यक्रममा वरिष्ठ आख्यानकार पुष्कर लोहनी र साहित्यिक पत्रकार संघका अध्यक्ष बरिष्ठ साहित्यकार राधेश्याम लेकालीबाट दीप प्रज्वलन गरी सुरू गरिएको कार्यक्रममा विमल भौकाजी तथा कपिल लोहनीद्वारा सम्पादित एकल व्यक्तित्व समाज नेपालको स्मारिका २०८२ “अभिवादन” को सामूहिक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा कविहरु क्रमशः प्रमोद प्रधान, किशोर पहाडी, रवीन्द्र मिश्र, पुष्कर लोहनी, सुभाषचन्द्र ढुंगेल, विमल भौकाजी, नन्दु उप्रेती, पवन आलोक, लोचन भट्टराई, केशव सिग्देल, मन्जिला अनिल, उषा केसी, सविता श्रेष्ठ बेहोसी, कमला रिसाल, प्रमोद ढुंगाना, रितु कंडेल, दिव्य गिरी, सुनिता शर्मा उप्रेती, प्रकाश कुईंकेल, सावित्री लामा, पवनकुमार बुढाथोकी, नीना लोहनी, दामोदर लामिछाने, शुलिला गौतम लगायतले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण अरूण सुवेदीले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: