कविता

खेडेरी

१६ असार २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

समयको ख्याल छैन नदी मुहान कता छ रे !
खेत रोपेर कुलो खन्नी भन्दैछन् भोलि, भरे ।
रोपो डडेपछि खोलाको कुलो के काम रे
पाएपछि धोका धिक्कारिएको भन्छ अरे ! १ ।

जब आफ्नै सोचले थिचिन पनि थाल्छ रे !
बन्छ खरानी आगो लागेको बल्ल देख्छ रे !
उसलाई थाहा हुन्छ बलेको गोल झिल्को रे !
समयमै गरे याद कठिन परिस्थिति टर्छ रे ! २ ।

कठिन हुन्छ बुझ्न भन्दछन् पछुतो छ रे !
घमण्डले जान्छ कमाएको इज्जत भरे
मैले समयमै यति होस सजकता गरेँ
नधिक्कारी बाडी नआएको खोला तरेँ । ३ ।

बगैँचामा फूल फुल्न नपाउँदै खडेरीले
डढाउँछ परिश्रम आफ्नो त्यसै आज अरे !
हातहरू तर्सेर पछाडितिर गय अरे !
ती सबै चटक्कै खरानी पो भए छ रे ! ४ ।
गोँगबुँ, गणेशस्थान, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: