‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पित

१७ असार २०८२

२०८२ असार १६, काठमाडौं । साहित्यिक पत्रकार संघले क्यालगरी, क्यानडामा बसोबास गर्दै आउनुभएका साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको नवीनतम् कथाकृति ‘जिन्दगीका नौ रङ्गी कथाहरु’ डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, प्रा. डा. हेमनाथ पौडेल, कृष्ण प्रसाईं, गोपीकृष्ण प्रसाईं, सिर्जना शर्माले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि के. सी. ले आफू कृतिकार प्रसाईंको सहपाठी रहेको बताउँदै शुभकामना मन्तव्य राख्नुभयो भने संघका अध्यक्ष लेकालीले कृतिकारको समग्र परिचयसहित साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. पौडेलले कृतिको समीक्षा गर्दै प्रसाईंका कथामा डायस्पोरिक चेतनको अभिव्यक्ति रहेको बताउनु भयो ।

कार्यक्रममा राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी कृतिकार प्रसाईंले लेखकीय मन्तव्य राख्दै धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा संघले कृतिकार प्रसाईंलाई सम्मान पनि गरेको थियो ।

कार्यक्रममा साहित्यकारहरू डी. आर राई, तेजेन्द्र प्रसाईं, मीना ओली, सुमित्रा प्रसाईं, शिशिर उप्रेती, राजेन्द्र सिटौला, रवीन्द्र सिटौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: