२१२औँ भानुजयन्तीको अवसरमा ज्योतिको चिया – कविता 

१७ असार २०८२

काठमाडौं।  ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वर ,काठमाडौंमा प्रतिष्ठानले २१९औँ शृङ्खलामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जयन्ती भव्यताका साथ सम्पन्न गर्यो। प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आदिकवि भानुभक्तका खनाती पुस्ताका काशिराज आचार्यले आदिकवि विश्वभरी रहेका सम्पूर्ण नेपाली भाषीका आदिकवि हुन् भन्नुहुँदै तत्कालीन समयमा उहाँले नेपाली भाषालाई समृद्ध बनाउन गर्नु भएको मिहिनेत र लगनशीलताप्रति हामीले गर्व गर्नुपर्दछ भन्नुहुँदै ज्योति साहित्य प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेर राम्रो कार्य गरेकोमा धन्यवाद दिनुभयो। उहाँले चुँदी रम्घाको भौगोलिक परिवेश वारे कोट्याउनु हुँदै त्यहाँ आदिकविको भव्य सालिक, जन्मस्थल विकास, गाउँ, बजार, पुस्तकालय आदिको निर्माण तथा विकास कार्य भैरहेको र केही वर्षमा उक्त बस्ती प्रत्येक नेपालीले गर्व गर्न लायक हुने बताउनुभयो।

विशिष्ट अतिथि इतिहासविद् प्रा डा गोविन्दमान सिंह कार्कीले आदिकविको जन्मको समयमा नेपालमा प्रधानमन्त्री अमरसिंह थापा र ५४ वर्षको उमेरमा मृत्यु हुँदाताका जङ्गबहादुर राणा प्रधानमन्त्री हुनुहुन्थ्यो भन्नू हुँदै दुवै बाघ व्यक्तित्वहरूको बीचमा उहाँले तत्कालीन नेपाली समाजको सजीव वर्णन आफ्ना कृतिहरूमा गरेर पनि राजनीतिभन्दा टाढा रहेको पाउँछौँ भन्नुभयो ।

प्रभा भट्टराई (आदिकविका खनातिनी) ले आदिकविका काकापट्टीका चुँदी रम्घाका आचार्य परिवारका हामी भानुभक्तलाई गर्व र स्रद्धापूर्वक सम्झन्छौँ र सामाजिकरूपमा उनको नेपाली भाषा र साहित्यप्रतिको योगदानको चर्चा गर्नु हुँदै केही कविताहरू पनि सस्वर वाचन गर्नुभयो।

कार्यक्रममा बिमल भौकाजी, ज्ञाननिष्ठ ज्ञवाली तथा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा लगायतले आदिकविलाई सम्झदै कविता वाचन गर्नुभयो।

उक्त अवसरमा मधुसुदन प्रसाद घिमिरे, दिनेश कुमार शर्मा, राजाराम राउत, मुकुन्द पौडेल, जयन्ती आचार्य, राकेश कुमार झा रसिक, कृष्णप्रसाद पराजुली शिशु, अमर अधिकारी, दिलबहादुर चौधरी, बुद्धिमान महर्जन, मञ्जुश्री प्रधान, शान्ति शर्मा,  नीला घिमिरे, डा. किस्मत भण्डारी, रेणु घिमिरे, रविन्द्र आशिष शैली, केदार प्रसाद मैनाली, सन्तोष भुजेल, संगीता ठाकुर,  रामप्रसाद अधिकारी, सितादेवी पाण्डे, बिनु बाबा घिमिरे, सुधा बास्कोटा ढकालले अआफ्ना सिर्जना वाचन गर्नुभयो।

सहभागीहरूलाई स्वागत दिनेशकुमार शर्माले तथा कविता वाचनसहित कार्यक्रम सञ्चालन निरा श्रेष्ठले गर्नुभयोको  थियो ।

प्रतिक्रिया दिनुहोस्: