‘पाँच स्रष्टाहरूलाई साहित्य सन्ध्या सम्मान’ अर्पण गरिने

३१ श्रावण २०८२

काठमाडौं । साहित्य सन्ध्याले २०८१ सालका पाँचओटा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ विभिन्न पाँचजना स्रष्टाहरूलाई अर्पण गर्ने भएको छ ।

सन्ध्याले कपिलदेव लामिछाने २०८१ सालको रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरको छ । त्यसैगरी नवराज श्रेष्ठलाई साहित्य सन्ध्याले यस वर्ष आयोजना गरेको बारओटा गोष्ठीमध्ये एघारओटामा सहभागी हुनुका साथै दशओटा गोष्ठीमा कवितावाचन गर्नुभएकोले २०८१ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गर्ने भएको छ । त्यस्तै सर्लाहीकी डा.मञ्जु दाहाललाई २०८१ सालको रु.दश हजार राशिको साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मानद्वारा सम्मानित गर्ने लागिएको हो भने काभ्रेपलाञ्चोक, नमोबुद्ध, दाप्चाका सरोज अधिकारीलाई २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । त्यस्तै उदयपुरका भवानी खतिवडालाई २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने भएको छ ।

स्रष्टा चयनका लागि साहित्य सन्ध्याका सल्लाहकार एवम् अग्रज साहित्यकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल रहनुभएको स्रष्टा चयन समिति गठन गरिएको र सोही समितिले गरेको सिफारिसका आधारमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरिएको हो । उल्लिखत सबै पुरस्कार तथा सम्मान यही २०८२ भदौ ७ गते शनिबार आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्: