तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित

४ भाद्र २०८२

२०८२ भदौं २, काठमाडौं । हरितालिका तीजको अवसर पारेर एस एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।

सम्मानित हुनेहरूमा साझा विवेकशील पार्टीकी अध्यक्ष समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ सुन्दरप्रकाश खड्का रहनु भएको छ ।

उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन, एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेती, काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइराला लगायतले सो सम्मान गर्नुभएको हो ।

एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, उद्योगी व्यवसायी, समाजसेवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: