साहित्य
मेरो आँसुसँगै दुःख पनि झरोस्, म रोइरहन सकूँ ।
दुःख माथि दुःख थपिइरहोस्, मुस्कान दिइरहन सकूँ ।
थुप्रै हावाहुरी र चोटपटक सहेको फलफूलको रुख हुँ ।
झटारो हानी रहोस्, झटारोसँगै फल दिइरहन सकूँ ।
कयौँ फोहोर फालिरहे, सहनु नदीको पवित्रता हो ।
हिलोमाथि कमल हाँसिरहे, फुल्नु चरित्रता हो ।
नहेप्नु कसैलाई पनि, पालो सबैको घुमी आउँछ ।
बादल आई छेकिरहे, उज्यालो दिनु सफलता हो ।
भनिन्छ, बादलमा चाँदीको उज्यालो घेरा हुन्छ ।
सम्झनु, हरेक दुःखमा पनि आनान्दको डेरा हुन्छ ।
याद राख, सबैलाई आफ्नो पक्षको मात्र नठान्नु
दुःखी दुनियाँमा कोही कोही त दयालु मेरा हुन्छ ।
बनेपा–४, नाला, काभ्रे
हाल : गोँगबुँ, काठमाडौँ।


प्रतिक्रिया दिनुहोस्: