गीत

गीत

२८ भाद्र २०८२
लीलाराज दाहाल

बर्खा मास बाढी पस्यो रुनुपर्‍यो मैले
आँसु झारी मनका व्यथा धुनुपर्‍यो मैले !

पल्लो गाउँमा के के भयो केही थाहा छैन
कता बाढी कता पहिरो बुझ्न पाको छैन !
खँडेरीले बाली मर्छ, खोलो पस्छ कैले
आँसु झारी मनका व्यथा धुनुपर्‍यो मैले !
बर्खामास ………

फेरिएर जलवायु हिउँ गल्न थाल्यो
अति भई प्रकृति यो ताती बल्न थाल्यो ।
विनाश गरे वनजङ्गल, फोहोर बढ्यो जैले
आँसु झारी मनका व्यथा धुनुपर्‍यो मैले !
बर्खा मास ………

वागमती–११, कर्मैया, सर्लाही। 

प्रतिक्रिया दिनुहोस्: