कविता

मेरो देशको पहिचान

३ आश्विन २०८२
न्यू मालश्री इङ्गलिस स्कुल

आरती भण्डारी
कक्षा : ८

हिमाल, पहाड, तराईमा बाँडिएको देश ।
फरक भाषा, संस्कृति छन् सुन्दर यो देश ॥

हिमाली यो राज्य भनी चिनिएको देश ।
हिमाल, पहाड, तराईमा प्रगतिको रेस ॥

प्रकृतिको सौन्दर्य छ, उद्योगको खानी ।
पहिचान फरक फरक सम्पदाको रानी ॥

स्वर्गको नै आभास छर्ने आहा ! मेरो देश ।
पारम्परिक धर्म अनि सद्भाव छ बेस ॥

सयौँ भाषा धर्मको यो साझा फूलबारी ।
सुन्दर नेपाल निर्माण गरौँ एकतालेभरी ॥

न्यू मालश्री इङ्गलिस स्कुल
टोखा–३, ढलमल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: